Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम

खबरडबली संवाददाता

बाँके । बाँकेका केही स्थानीय तहहरू हात्तीपाइले रोगको जोखिममा छन् । जिल्लामा १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.२ प्रतिशतसम्म सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले जानकारी दिए ।

सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य भएपनि जिल्लामा सङ्क्रमित भेटिने क्रम अन्त्य नभएको उनको भनाइ छ । सन् २००३ देखि सुरु भएको औषधि सेवन अभियानबाट सन् २०२० मै हात्तीपाइले निवारण गर्ने उद्देश्य राखिएको थियो । जिल्लामा मात्र १४औँ पटक औषधि सेवन कार्यक्रम यही फागुन ५ गतेबाट सुरु गरिने भएको छ ।

जिल्लामा हालसम्म १५.३६ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि सेवन गरेका छैनन् । नेपालगन्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुग्न सकेको छैन ।

भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख वरिष्ठ फिजिसियन डा राजन पाण्डेले हात्तीपाइले विरुद्ध प्रयोग भएका औषधि लामो समयदेखि प्रयोग हुँदै आएका औषधि भएकाले निर्धक्कका साथ सेवन गरी नेपाललाई हात्तीपाइले रोग मुक्त बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको उल्लेख गरे ।

सर्वेक्षणअनुसार नेपालगञ्जमा ३३.२८ प्रतिशतले औषधिले असर गर्ने डरका कारण र ३२.५३ प्रतिशतले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा यदुचन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रूपमा देखिएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले नेपालगन्ज उपमहानगरपालिकामा यही फागुन ५ गतेदेखि तथा डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधि सेवन कार्यक्रम सुरु गर्न लागिएको बताए । एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइ दिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायम रहेको उनको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE