जापान । बिहीबार बजार बन्द भएपछि कम्पनीहरूले संयुक्त रूपमा मर्जर वार्ता समाप्त गर्ने घोषणा गरेका छन् । विश्वको तेस्रो सबैभन्दा ठूलो अटोमेकर निसानले आफ्नो लागत संरचनालाई अनुकुलन गर्ने बताएको छ ।
बिहीबार निसानको शेयर ८.१७ प्रतिशतले बढेर ४४९ येन पुगेको थियो भने होन्डाको शेयर ४.४६ प्रतिशतले बढेर एक हजार ४९८ येनमा पुगेको थियो । निसानले आफ्नो लागत संरचनालाई अनुकूलन गर्ने र आर्थिक वर्ष २०२६ मा कूल ४०० अर्ब येन (२.६ अर्ब अमेरिकी डलर) ले स्थिर र परिवर्तनशील लागत घटाउने योजना बनाएको जनाएको छ ।
निसानले करिब नौ हजार रोजगारी कटौतीको विस्तृत विवरण दिँदै भनेको छ, “सञ्चालनलाई व्यवस्थित गर्ने, नयाँ कर्मचारी भर्ना कटौती लागू गरेर र स्वैच्छिक पृथकिकरण कार्यक्रमहरूलाई गति दिएर विश्वव्यापी अप्रत्यक्ष दुई हजार ५०० कर्मचारी घटाउनेछ ।”
निसानले बाँकी अनावश्यक जनशक्ति कटौतीका लागि आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा तीन वटा प्लान्ट बन्द गर्नेछ । थाइल्याण्ड र संयुक्त राज्य अमेरिकामा निर्माणस्थलहरू बन्द गर्दा आर्थिक वर्ष २०२५ मा पाँच हजार ३०० रोजगारी कटौती हुनेछ र अर्को वर्ष एक हजार २०० रोजगारी कटौती हुनेछ ।
निसानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले एक विज्ञप्तिमा भने, “हामी उन्नत प्रतिस्पर्धी उत्पादनहरूको माध्यमबाट शीर्ष–लाइन वृद्धिलाई अघि बढाउँदै अधिक कुशल लागत संरचना प्राप्त गर्न समर्पित छौँ । निसानले शीर्ष व्यवस्थापन पदहरूमा पनि २० प्रतिशतले कटौती गर्ने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: