Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

माओवादी आन्दोलन कित्ताबन्दी होइन गोलबन्दी र एकताबन्दीको बाटोबाट अघि बढ्न पर्छ

जनार्दन शर्मा 'प्रभाकर'
जनार्दन शर्मा 'प्रभाकर'

आज नेपालमा राजनीतिक पार्टीहरूमा लोकतन्त्रको खाँचो छ । हाम्रो पार्टी नेकपा माओवादी केन्द्रमा पनि त्यो आवश्यक छ । लोकतन्त्रमा बहस छलफल हुन्छ । जनताको जनवाद स्वीकार गर्नुपर्छ । जनताको आवाज सुनेर हामीले सो अनुरूपका आचरण बनाउने हो ।

होइन फेरि पनि जनतालाई दास बनाउने, अन्धभक्त बनाउने, जनताको आलोचना नसुन्ने, जनताले उठाएका विचारका बहसलाई बेवास्ता गर्ने प्रवृति राख्ने हो भने त्यो नोकरशाही केन्द्रियता हुनेछ । त्यो नयाँ प्रकारको सामन्तवाद हो । हामी यो कुरा स्वीकार गर्दैनौं, विचारको वहस नगरी समाजवादको बाटोमा अघि बढ्न सक्दैनौं, हरेक पार्टीमा बहस गरेर जानुपर्छ । हाम्रो पार्टीभित्र पनि बहस हुनुपर्छ ।

अब हामीले सबैखाले विभेदको अन्त्यको लागि सामाजिक सांस्कृतिक रुपान्तरणको अभियान चलाउनुपर्ने भएको छ, क्रान्तिलाई समाजवादतिर लैजानका लागि हामीले आर्थिक विकासमा अघि बढ्नुछ । समाजवादको मोडल के हुने भन्ने बहस गर्नुछ । अहिले हाम्रोमा यो बहस भएको छैन । दुईरपाँचजना आसेपासे र अन्धभक्त बोकेर समाजवादमा पुगिन्न ।

हाम्रो समाजवादको विशेषता के हो रु त्यसको आधारमा हाम्रो बाटो तय गर्ने हो र अघि बढ्ने हो । यो बहस कित्ताबन्दी गर्न होइन । खबदरदार १ हामीमाथि कित्ताबन्दी गर्‍यो भन्नेहरूलाई म भन्न चाहान्छु आज मैले उठाएको विषय माओवादी पार्टीभित्र कित्ताबन्दी होइन एकताबन्दी, गोलबन्दी गर्न हो । माओवादी आन्दोलनलाई कित्ताबन्दीको आवश्यकता छैन, गोलबन्दीको आवश्यकता छ ।

महान जनयुद्धको ३० औं वर्षगाँठको उपलक्ष्यमा क्रान्तिको यो पवित्र भूमिबाट म आव्हान गर्न चाहान्छु । मोहन वैद्य, बाबुराम भट्राई, नेत्रविक्रम चन्द, गोपाल किराती, धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश ओली, विश्वभक्त दुलाल सबैलाई आह्वान गर्न चाहान्छु हामी एकताबद्ध भएर अघि बढौं । म हाम्रो पार्टीका अध्यक्ष प्रचण्डलाई पनि आह्वान गर्न चाहन्छु, इतिहासका हामी सबै माओवादीहरूलाई हृदय खोलेर एकताको लागि आह्वान गरौं । आज माओवादी आन्दोलन कित्ताबन्दी होइन गोलबन्दी र एकताबन्दीको बाटोबाट अघि बढ्न पर्छ ।

अब जनतालाई हामीले बुझाउँछौं, हाम्रो अभियान के हो रु यहाँ अघि प्रश्न पनि उठेको छ । हामी समृद्धिको बाटोमा अघि बढ्न श्रमको मूल्य, महत्व र आवश्यकता बोध गर्न जारुरी छ । श्रमको लागि प्रशस्त सम्भावना छन् । हामीले श्रम गरौं, श्रमबाट प्रतिफल ल्याउन तीन तहका सरकारलाई काम गर्न बाध्य पारौं अनि समृद्धिको बाटो खुल्छ । सामाजिक न्यायको बाटोमा गएर समृद्धि ल्याउने नै हाम्रो अभियान हो ।

अर्को कुरा समाजमा व्याप्त भ्रष्टाचारविरुद्ध संघर्ष । मैले पार्टीभित्र एउटा विषय उठाएको छु र केन्द्रीय समिति बैठकबाट निर्णय पनि भएको छ । मेरो प्रस्ताव पहिला पार्टीभित्रको सम्पत्ति छानबिन गरौं । हामी नेताको सम्पत्ति छानबिन गरौं । कसको के हो, कसको सम्पत्ति कति हो जनताले थाहा पाउनुपर्छ भनेर मैले उठाएको छु । यसबाट मात्र समाजमा भएको भ्रष्टाचारविरुद्ध जनचेनता जगाउने शक्ति हामीले प्राप्त गछौं ।

पारदर्शीता र सुशासनमा लैजाने अर्को अभियान हो । हामी जति जनताको आलोचना र जनावादबाट अघि बढ्न सक्छौं त्यति नै बलियो बन्छौं । त्यसका लागि सही नीति, विचार र नेतृत्व आवश्यक पर्छ । हामीले आगामी मंसिरमा महाधिवेशन गर्ने भनेका छौं । त्यो महाधिवेशनबाट पार्टीले नयाँ विचार र नयाँ नेतृत्वसहित समाजवादको अभियानमा जानेछ ।

आज रुकुमको यो पवित्र भूमिबाट म फेरि पनि भन्छु, हामी क्रान्तिबाट विचलित छैनौं । कहिलेकहिँ ईख गर्नेहरूले, बाहिरबाट दूरविन लगाएर हेर्नेहरूले रुकुमको पार्टीलाई कमजोर बनाउन पाए हुन्थ्यो भनेर खेल्ने प्रयास गर्छन् । यहाँ नेताहरूलाई भ्रष्ट पार्न कोसिस गर्छन् । नेताहरूको टीम कमजोर पार्न मेहनत गर्छन तर हामी उनीहरू ती प्रयासलाई खारेज र बेवास्ता गर्दै जनताको खबरदारी सुनेर अगाडि बढिरहनेछौं । अघि सुदन किरातीजीले पनि भन्नुभयो, क्रान्तिको आस्थाको केन्द्र बचाउन सकेनौं भने देशैभरी असर गर्छ ।

हामीले आचरण र व्यवहारमा सच्चिएर जानुपर्छ । रुकुमले आजसम्म कसैलाई धोका दिएको छैन र धोका दिन जानेको छैन । बरु धेरैपटक धोका खाएको छ र हरेक धोका खाएको छ, तर पचाएको छ । क्रान्तिमा धोका दिन हुँदैन भन्ने शिक्षा प्राप्त गरेको छ । धोका खाएको छ, धोका खाएकालाई बेवास्ता गर्दै जनताको समस्या समाधान गर्ने प्रतिवद्धता हो ।

मैले पार्टीभित्र बहसका लागि अघिल्लो बैठकमा केही विषय उठाएको थिएँ । पार्टीले आफ्नो पहिचान बिर्सियो, दलितहरूलाई बिर्सियो, आफ्नो मूल लक्ष्य छाड्यो भनेको हो । त्यो भनेको पार्टीमा रुपान्तरणका लागि थियो । त्यसो भनेबापत ममाथि अनेक लाञ्छानाहरू पनि लगाए तर पार्टीको यो केन्द्रीय कमिटी बैठकले मैले उठाएका कुरालाई स्वीकार गरेको छ । मैले ती विषय पार्टीको हितको लागि उठाएको थिएँ, जनताका कुरा उठाएको थिएँ ।

(रुकुम पश्चिमको सानीभेरीमा आयोजित कार्यक्रममा माओवादी उपमहासचिव शर्माको भाषणका केही राजनीतिक अंश)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending