Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

मापदण्ड विपरीत सञ्चालनमा रहेको मोडर्न हस्पिटलका सञ्चालक पक्राउ

खबरडबली संवाददाता

जनकपुरधाम । अवैध तथा मापदण्ड विपरीत सञ्चालनमा रहेका नीजि अस्पतालहरूको अनुगमनमा मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह पनि खटेका छन् ।

बिहीबार मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीले संयुक्त रूपमा जनकपुरधामका पाँच अस्पतालमा अनुगमन गरे । सो क्रममा भ्रमरपुराचोकस्थित जनकपुर मोर्डन हस्पिटलका सञ्चालक रामभरोस महतो पक्राउ परेका छन् ।

सेवा सञ्चालन अनुमति प्राप्त नगरेका मोडर्न हस्पिटल अवैध रूपमा सञ्चालनमा थियो । यसअघि अनुगमन गर्दा मुख्यमन्त्री सिंहले सेवा सञ्चालन अनुमति नलिएकाले हस्पिटल बन्द गर्न निर्देशन दिएका थिए । यद्यपि बिहीबार हस्पिटल सञ्चालनमा रहेको पाएपछि सञ्चालक महतोलाई पक्राउ गरिएको छ ।

मुख्यमन्त्री सिंहले अवैध र अनधिकृत ढङ्गले सञ्चालित थप दुई निजी अस्पताल पनि बन्द गर्न निर्देशन दिएका छन् । पिडारीचोकस्थित जनकपुर मधेश हस्पिटल र रामानन्दचोकस्थित जनकपुर गोल्डन अस्पताल बन्द गर्न निर्देशन दिएको हो । यी दुवै अस्पतालसँग सेवा सञ्चालन अनुमति सम्बन्धी कुनै कागजात छैन ।

यी दुवै अस्पतालमा भर्ना रहेका बिरामीलाई तत्कालै अन्य अस्पतालमा स्थानान्तरण गरी सेवा सञ्चालन अनुमति लिने प्रक्रियामा आउन पनि निर्देशन दिइएको छ ।

यस्तै जिरोमाइलस्थित ज्योति आँखा अस्पताल र रामानन्दचोकस्थित सुरक्षा अस्पताल पनि अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ ‌। मुख्यमन्त्री र स्वास्थ्य मन्त्री अनुगमनमा पुग्दा दुवै अस्पताल सञ्चालकले दर्ता सम्बन्धी कागजात देखाएनन् । उनीहरूलाई आवश्यक कागजातसहित शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएका छन् ।

सेवा सञ्चालन अनुमति प्राप्त स्वास्थ्य संस्थाले कुल बेड संख्याको १० प्रतिशत मात्र आकस्मिक कक्षमा राख्न सक्ने प्रावधान छ । तर कतिपय अस्पताल प्रावधानभन्दा बढी आकस्मिक कक्षमा बेड राखेको पाइएको छ ।

वंशीचोकस्थित हिरा अस्पतालले पनि आकस्मिक कक्षको बेड संख्या बढी राखेको पाएकाले मुख्यमन्त्री सिंहले बेड संख्या घटाउन निर्देशन दिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनशक्ति अभावले अर्घाखाँचीका तीन अस्पताल भवन प्रयोगविहीन

अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...

बागमती किनार सौन्दर्यीकरणको तयारी, छ स्थानमा पार्क निर्माण गरिने

काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...

युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...

मिर्गौला रोगबाट श्रीमानको मृत्यु, कुमाल परिवारलाई किरिया खर्च जुटाउनै सकस

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...

माडीमा बाघसँग मोटरसाइकल ठोक्किएपछि…

चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । ​गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...

आउन थाल्यो नेपाली आँप (तस्बिरहरू)

काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै उदाहरणीय बने मित्रबहादुर

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...

सशस्त्रका ७ डीआईजीको सरुवा, ७ को पदस्थापन, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो ।  जिल्ला कारागारका प्रमुख रवीन्द्र...

वर्षासँगै तराईमा तातो लहर, १४ जिल्लामा सतर्कता

काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending