काठमाडौं । धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं बीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ।
शुक्रबार दुवै पक्षले ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणका लागि सहकार्य गर्ने घोषणा गरेका हुन्।
सहमतिपत्रमा किरात, बौद्ध तथा वैदिक सनातन परम्पराको सम्मान गर्ने राष्ट्रवादी शक्तिको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै संवैधानिक राजसंस्थाको पुनर्स्थापनाका लागि सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक दलको आवश्यकता रहेको उल्लेख गरिएको छ।
दुवै पक्षले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाह का दिव्य उपदेशलाई आधार मानेर राष्ट्रवादी दर्शन अवलम्बन गर्ने नीति लिएका छन्।
सहमतिअनुसार सुधारमुखी संघीयता, ‘एक पटकको नेपाली सधैंको नेपाली’ अवधारणा तथा गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताको व्यवस्था उपलब्ध गराउने विषयमा समेत साझा धारणा बनाइएको छ।
यस्तै, विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन तथा व्यक्तिहरूलाई समेत समेटेर नयाँ राजनीतिक पार्टी घोषणा गर्ने सहमति भएको जनाइएको छ।
दुवै नेताले आगामी दिनमा साझा राजनीतिक एजेन्डा तयार गर्दै औपचारिक रूपमा नयाँ दल घोषणा गर्ने तयारी अघि बढाउने बताएका छन्।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - २०:१६
बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...
जेष्ठ २२ गते, २०८३ - २०:१३
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...
जेष्ठ २२ गते, २०८३ - २०:०९
काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...
जेष्ठ २२ गते, २०८३ - २०:०२
काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...
जेष्ठ २२ गते, २०८३ - २०:००
काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ । प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...
जेष्ठ २२ गते, २०८३ - १९:५४
झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...
जेष्ठ २२ गते, २०८३ - १९:३७
गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...
जेष्ठ २२ गते, २०८३ - १९:३२
काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएसँगै उनको राजनीतिक भविष्य र पुनः सरकारमा फर्किने सम्भावनाबारे च...
जेष्ठ २२ गते, २०८३ - १९:२८
काठमाडौं । धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं बीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ। शुक्रबार दुवै पक्षले ११ बुँदे...
जेष्ठ २२ गते, २०८३ - १९:१६
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा आज बिहान एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन् । स्थानीय १५ वर्ष...



प्रतिकृया लेख्नुहोस्: