काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएसँगै उनको राजनीतिक भविष्य र पुनः सरकारमा फर्किने सम्भावनाबारे चर्चा सुरु भएको छ। विशेषगरी गृह मन्त्रालयभित्र प्रतिवेदनको निष्कर्षले आगामी निर्णयलाई प्रभावित गर्न सक्ने आकलन गरिएको छ।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वको समितिले गुरुङमाथि लागेका विभिन्न आरोपबारे अध्ययन गरी शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह लाई प्रतिवेदन बुझाएको हो।
समिति संयोजक भण्डारीका अनुसार प्रतिवेदन ४५ पृष्ठको रहेको छ, जसमा गुरुङको बयान, सम्बन्धित कागजात तथा प्रमाणहरू समावेश गरिएको छ। उनले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई आग्रह गरिएको पनि जानकारी दिए।
स्रोतहरूका अनुसार प्रतिवेदनमा गुरुङलाई प्रत्यक्ष रूपमा दोषी ठहर गर्दै कुनै कारबाही सिफारिस गरिएको छैन। बरु उपलब्ध तथ्य, कागजात र प्रमाणहरू समेटेर सरकारलाई आवश्यक निर्णय लिनका लागि आधार प्रस्तुत गरिएको बताइएको छ।
गुरुङमाथि विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक सम्बन्ध रहेको तथा सम्पत्ति विवरणमा केही विवरण उल्लेख नगरेको आरोप लागेपछि राजनीतिक दबाब बढेको थियो। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
राजीनामापछि सरकारले वैशाख २८ गते छानबिन समिति गठन गरेको थियो। समितिमा अध्यक्षका रूपमा अच्युतप्रसाद भण्डारी तथा सदस्यमा शोभाकान्त पौडेल र अच्युतमणि नेउपाने रहेका थिए।
यता, गुरुङको राजीनामापछि पनि प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालयको जिम्मेवारी आफूसँगै राख्दै आएका छन्। यसले मन्त्रालयको नेतृत्वबारे विभिन्न अड्कलबाजी जन्माएको छ। यद्यपि सरकारको तर्फबाट हालसम्म गृह मन्त्रालयको भावी नेतृत्वबारे कुनै औपचारिक निर्णय सार्वजनिक गरिएको छैन।
अब छानबिन प्रतिवेदनमाथि सरकारको अध्ययन र त्यसपछि हुने राजनीतिक निर्णयले गुरुङको आगामी भूमिकाबारे स्पष्टता दिने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १७:२५
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...
श्रावण १५ गते, २०८३ - १६:४४
सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...
श्रावण १५ गते, २०८३ - १६:३३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...
श्रावण १५ गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...
श्रावण १५ गते, २०८३ - १६:००
विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...
श्रावण १५ गते, २०८३ - १५:५१
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...
श्रावण १५ गते, २०८३ - १५:३९
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...
श्रावण १५ गते, २०८३ - १५:२१
काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...
श्रावण १५ गते, २०८३ - १५:०९
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...
श्रावण १५ गते, २०८३ - १४:५२
काठमाडौं । मधेश प्रदेशसहित विभिन्न जिल्लामा देखिएको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले एआईजीदेखि एसएसपी तहसम्मका उच्च अधिकृतहरूलाई वि...



प्रतिकृया लेख्नुहोस्: