जनकपुरधाम । क्याम्पस पढ्न घरबाट बसमा जनकपुरधाम हिँडेका छात्र १९ वर्षीय राजन यादव दुई दिनदेखि सम्पर्क विहीन भएका छन् ।
धनुषाको नगराइन नगरपालिका २ का यादव जनकपुरधामस्थित राषर्जी जनक क्याम्पसको कक्षा ११ मा अध्ययनरत छन् । बिहीबार बिहान करिब साढे ५ बजे घरबाट उनी क्याम्पसका लागि निस्केका थिए । तर साँझसम्म नफर्केपछि उनका आफन्तहरुले खोजतलास गर्दा पनि फेला परेका छैनन् ।
घरबाट क्याम्पसकै बसमा निस्केको र साँझ घर नफर्केपछि खोजबिन गर्दा पनि अहिलेसम्म नभेटेको छात्र यादवका भिनाजु अनिल कुमार यादवले बताए । उनले भने, ‘क्याम्पसकै बस चढेर गए । तर क्याम्पस समेत नपुगेको जानकारी पाएको छु ।’
बसबाट क्याम्पस अगाडी ओर्लिएको कुरा उनका साथीहरूबाट थाहा पाएको अनिलले सुनाए । उनले फोनमा भने, ‘बसबाट ओर्लिएपछि साथीहरूलाई अंकललाई भेटेर आउँछु भनेर निस्केको कुरा जानकारीमा आएको छ । जनकपुरमा नगराइनकै अंकल पर्ने एक जना छन् । तर उनी कहाँ पनि गएका छैनन् ।’
क्याम्पस क्षेत्र, साथीभाइ र आफन्तहरूसहित धेरै ठाउँमा खोजिसक्दा पनि नभेटेपछि छात्र यादवको परिवार चिन्तामा डुबेका छन् । कतै नभेटेपछि जिल्ला प्रहरी कार्यालयमा पनि जानकारी गराएको उनका भिनाजु यादवले बताए ।
धनुषाका प्रहरी प्रवक्ता वरुण बहादुर सिंहले छात्र यादव सम्पर्कविहीन भएको कुरा थाहा नभएको जानकारी दिए । उनले भने, ‘हामीलाई थाहा भएन । उनको परिवारले जानकारी गराएको छैन । हामी कहाँ तुरुन्त पठाइदिनुस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...
जेष्ठ २२ गते, २०८३ - ०९:२९
चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...
जेष्ठ २२ गते, २०८३ - ०९:२५
काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...
जेष्ठ २२ गते, २०८३ - ०९:२२
नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...
जेष्ठ २२ गते, २०८३ - ०९:१७
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...
जेष्ठ २२ गते, २०८३ - ०९:१२
चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । जिल्ला कारागारका प्रमुख रवीन्द्र...
जेष्ठ २२ गते, २०८३ - ०९:०५
काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...



प्रतिकृया लेख्नुहोस्: