Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

खबरडबली संवाददाता

भोजपुर ।, भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको बेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ‘ग्रेटर मुन्दुम ट्रेल’को काम सुरु भएको हो । 

यो ट्रेलको काम सुरु भएको भोजपुरको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाको अन्तरपालिका बैठक बसेर थप योजना निर्माण गरिएको छ । तीन वटा नै स्थानीय तहका अध्यक्षको उपस्थितिमा पदमार्ग उपभोक्ता र निर्माण समितिलाई अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ ।

परियोजनाका कर्मचारी तथा स्थानीय पालिकाका इञ्जिनीयरहरुले उपभोक्ता समितिलाई काम कसरी गुणस्तरीय ढङ्गले गर्ने भन्ने विषयमा सहजीकरण गरेका हुन् । 

यो पदमार्गले किरातहरूको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङ क्षेत्र नसमेटिएका कारण धनकुटा, उदयपुर र भोजपुरका सात स्थानीय तहहरूको अन्तरपालिका बैठक बसेर सो क्षेत्र हुँदै पदमार्ग विस्तारको विषयमा छलफल गर्ने तयारी भइरहेको हतुवागढीका अध्यक्ष प्रेमकुमार राईले बताए ।

कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, पदमार्गमा आधारित पर्यटन विकास परियोजना, धनकुटाका सहिदभूमि र साँगुरीगढी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका, भोजपुरको हतुवागढी तथा आमचोक र रामप्रसादराई गाउँपालिकाबीच छलफल गरेर खुवालुङ क्षेत्र हुँदै पदमार्ग विस्तार गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ ।

‘हामीले भोजपुरमा तीन स्थानीय तहको अन्तरपालिका बैठक सम्पन्न गरेका छौँ’, अध्यक्ष राईले भने, ‘सुनसरीको कोशी टप्पुबाट सुरु भएर उदयपुर हुँदै भोजपुरसम्म विस्तार हुन लागेको ग्रेटर मुन्दुम पदमार्गमा खुवालुङ क्षेत्र छुटेको अवस्था छ, यहाँ महत्त्वपूर्ण खुवालुङ क्षेत्रलाई समेट्न तीन जिल्लाका सात स्थानीय तह र सरोकारवाला पक्षसँग छलफल गर्ने तयारीमा छौँ ।’

चार वर्षसम्म निर्माण हुने ग्रेटर मुन्दुम पदमार्ग निर्माणमा स्वीस सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत, स्थानीय सरकारको १८ प्रतिशत र सङ्घ सरकारको आठ प्रतिशत लागत साझेदारी हुने अध्यक्ष राईले जानकारी दिए । पहिलो आर्थिक वर्ष २०८१(८२ मा हतुवागढी–९ हसनपुर, आमचोक–२ यूँ र रामप्रसाद राई–६ बैकुण्ठेमा पदमार्ग निर्माणको काम सुरुआत भएको अध्यक्ष राईको भनाइ छ । 

निर्माण हुन लागेको ग्रेटर मुन्दुम ट्रेलको रुटमा ऐतिहासिक खुवालुङ क्षेत्र छुटेकाले यसलाई पनि समेट्नका लागि पहल गरिने रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए। रामप्रसाद राईमा पहिलो चरणमा रु ३० लाख लागतमा पदमार्ग निर्माणको काम सुरु भएकोसमेत उनले जानकारी दिए। सोही रकम बराबरमा हतुवागढी र आमचोक गाउँपालिकामा पनि पदमार्ग निर्माणको काम सुरु भएको अध्यक्ष राईको भनाइ छ । 

ग्रेटर मुन्दुम पदमार्ग सुनसरीको कोशी टप्पुबाट सुरु भएर उदयपुरको मैनामैनी हुँदै भोजपुर हुतुवागढीको माइबेँनी, शिला सुत्केरी, सङ्खामचुली, आमचोक गाउँपालिकाको बयाङ, यूँ, रामप्रसाद राईको वडा नं ६ थामडाँडा, गोल्मे भिर, सुच्चागुफा नागँछाँगा, वडा नं २ को पाप्माखामगढी, बतासे र वडा नं १ ओख्रेबाट टेम्केमैयुङ–९ को कपासे भञ्याङसम्म विस्तार हुने रामप्रसाद राई–६ का वडाध्यक्ष एकराज आचर्यले बताए। 

तावा भञ्याङमा यसअघि निर्माण भएको मुन्दुम पदमार्गसँग जोडिएपछि भोजपुरको सबैभन्दा अग्लो स्थान साल्पासिलिचुङसम्म पुग्दा यो पदमार्गको लम्बाइ करिब १६८ किलोमिटर हुने जनाइएको छ । पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगरअन्तर्गत काम भइरहेको छ । यो कार्यक्रम विसं २०८१ बाट २०८५  सम्म सञ्चालन हुने जनाइएको छ । 

चार वर्षका लागि स्वीस सरकार र प्रदेश सरकारबीच सम्झौता भएको छ । पुनः स्थानीय सरकार र प्रदेश सरकारबीच पनि सम्झौता भएर काम अघि बढेको हो ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

बैतडीमा भिरबाट लडेर एकजनाकाे मृत्यु

बैतडी । स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको मङ्गलबार मृत्यु भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending