सप्तरी। सप्तरी जिल्लाको राजविराज नगर क्षेत्रभित्र अवैध मदिरा उत्पादन तथा अव्यवस्थित खुलमखुल्ला बिक्री वितरणको कारण महिला तथा बालबालिका असुरक्षित भएको भन्दै एक सामाजिक संस्थाले त्यसविरुद्धमा आवाज उठाएको छ।
नगरक्षेत्रमा जताततै अनियन्त्रित रूपमा सञ्चालनमा रहेको अवैध मदिरा पसल तथा उत्पादन गर्ने भट्टीहरूलाई नियन्त्रण गर्न तराई-मधेश महिला फाउण्डेशनले नगरपालिकाको ध्यानाकर्षण गराएको हो।
फाउण्डेशनकी अध्यक्ष सुनिता साह क्रान्तिको नेतृत्वमा गएको महिला टोलीले बुधबार राजविराजकी कार्यवाहक मेयर इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।
नगर क्षेत्रभित्रका अव्यवस्थित रुपमा मदिरा पसलहरू सञ्चालन गर्न इजाजत दिइएको अवस्था विद्यमान रहेको छ। मदिरा पसल सञ्चालन तथा समय सिमा निर्धारण नगरी मदिरा सेवन गर्ने केही व्यक्तिहरूले बाटो हिँड्ने महिला, दुर्व्यवहार गर्ने गरेको गुनासो बढ्दै गएको छ।
उक्त अवस्थाप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। यसप्रकार खुलेआम जथाभावी मदिरा पसल सञ्चालनको इजाजत, मदिरा सेवन गर्ने समय, बाटोघाटोमा मदिरा सेवन गरी गरिरहेको अभद्र व्यवहार र तनाव व्यवस्थापन गर्न गराउन नगरपालिकालाई ध्यानआकर्षण गराएको फाउण्डेशनकी अध्यक्ष क्रान्तिले बताएकी छन्।
यस्ता कियाकलापलाई समयमा नियन्त्रण गर्न गराउन अपिल गर्दै समस्या समाधानका लागि आवश्यक पहल नगरिए बाध्य भएर विरोधका कार्यकम अघि सार्ने अध्यक्ष क्रान्तिले चेतावनी दिइन्।
लामो समयदेखि फाउन्डेसन महिलाहरुको हकहितको लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १३:०८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...
चैत्र २५ गते, २०८२ - १२:४५
विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...
चैत्र २५ गते, २०८२ - १२:३०
काठमाडौं । लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ । सञ्चार तथा सूचना प्रविधि म...
चैत्र २५ गते, २०८२ - १२:१५
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत ख...
चैत्र २५ गते, २०८२ - १२:०५
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। गत शुक्रबारदेखि उनीह...
चैत्र २५ गते, २०८२ - ११:५०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र ...
चैत्र २५ गते, २०८२ - ११:४५
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित ज्यान मुद्दाको अनुसन्धानमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्याल...
चैत्र २५ गते, २०८२ - ११:४०
काठमाडौं । सरकारले डा. गुणाकर भट्ट लाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त जिम्मेवारी...
चैत्र २५ गते, २०८२ - ११:३५
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले)का युवा नेता सुहाङ नेम्बाङले सिंहदरबार प्रवेशसम्बन्धी नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त...
चैत्र २५ गते, २०८२ - ११:०५
कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति ...


प्रतिकृया लेख्नुहोस्: