उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १४ र १५ भएर बग्ने सुनकोशी नदी तटीय क्षेत्रका स्थानीयवासीलाई स्वरोजगार बनाउने उद्देश्यले जल पर्यटन प्रवर्द्धनमा नगरपालिका जुटेको छ । सुनकोशी नदी आसपास बस्ने स्थानीयवासीलाई जल पर्यटनसँग जोड्दै व्यावसायिक रूपमा जलयात्रा (र्याफ्टिङ) सञ्चालन गर्न त्रियुगा नगरपालिका जुटेको हो ।
जलपर्यटनको विकास गरी कोशी तटीय क्षेत्रका स्थानीयलाई आयआर्जनसँग जोड्ने उद्देश्यले पाँचदिने ‘आधारभूत कायक तथा र्याफ्टिङ तालिम’समेत दिइएको छ । नगरपालिकाका अनुसार आधारभूत तालिमपछि व्यावसायिक लेभलको तालिम दिने तयारी छ ।
तालिममा त्रियुगा– १४ र १५ का नाैजना स्थानीय युवाले सहभागिता जनाएका छन् । र्याफ्टिङलाई व्यावसायिक रूपमा सञ्चालन गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेकाले नगरपालिकाले र्याफ्टिङसम्बन्धी आधारभूत तालिम सम्पन्न गरी व्यावसायिक तालिमसमेत दिने भएको नगर प्रमुख वसन्तकुमार बस्नेतले बताए ।
त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा हिमालयन आउटडोर प्रोजेक्टको सहकार्य र होटेल तथा पर्यटन व्यवसायी संघ उदयपुरको आयोजनामा र्याफ्टिङसम्बन्धी आधारभूत तालिम सञ्चालन भएको थियो । तालिममा सहभागी नाै युवालाई कायक तथा र्याफ्टिङसम्बन्धी आधारभूत तहको सर्टिफिकेटसमेत प्रदान गरिएको छ ।
र्याफ्टिङको लाइसेन्स प्राप्त गर्ने युवालाई जलयात्रा व्यवसाय सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गरी आर्यआर्जनसँग जोड्ने नगरप्रमुख बस्नेतको भनाइ छ । र्याफ्टिङका लागि रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको क्षेत्रमा पर्ने सुनकोशी नदी सम्भावनायुक्त रहेको र उक्त क्षेत्र जंगल करिडोरमा पर्ने भएकाले यो स्थानमा जल पर्यटन विकास गर्न सके पर्यटन क्षेत्रमा नगरपालिकाले ठुलो फाइदा लिन सक्ने हिमालयन आउटडोर प्रोजेक्टका सञ्चालक तथा प्रशिक्षक अनुप गुरुङले बताए ।
होटेल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेबिट बस्नेतले सुनकोशी नदीमा तीन प्रकारका र्याफ्टिङ सञ्चालन गर्न सकिने बताए । उनले भने, ‘फोक्निटारदेखि धाप्लाङघाटसम्म १३ किलोमिटर, धाप्लाङघाटदेखि कम्फुघाटसम्म ६ किलोमिटर र धाप्लाङघाटदेखि सप्तकोशीको चतरा कोठुसम्म ५८ किलोटिरमा र्याफ्टिङ सञ्चालन गर्न सकिने एक अध्ययनले देखाएको छ ।’
नेशनल जिओग्राफिका अनुसार हाइट (उच्च) वाटर र्याफ्टिङको लागि सुनकोशी नदी संसारको १० औँ स्थानमा पर्दछ । त्यसमा पनि फोक्सिनटारदेखि चतरा कोठुसम्म र्याफ्टिङको लागि उत्तम मानिने बस्नेतको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: