Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

सुनकाेशीमा व्यवसायिक रुपमा र्‍याफ्टिङ प्रवर्द्धन गर्दै त्रियुगा नगरपालिका

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १४ र १५ भएर बग्ने सुनकोशी नदी तटीय क्षेत्रका स्थानीयवासीलाई स्वरोजगार बनाउने उद्देश्यले जल पर्यटन प्रवर्द्धनमा नगरपालिका जुटेको छ । सुनकोशी नदी आसपास बस्ने स्थानीयवासीलाई जल पर्यटनसँग जोड्दै व्यावसायिक रूपमा जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन गर्न त्रियुगा नगरपालिका जुटेको हो ।

जलपर्यटनको विकास गरी कोशी तटीय क्षेत्रका स्थानीयलाई आयआर्जनसँग जोड्ने उद्देश्यले पाँचदिने ‘आधारभूत कायक तथा र्‍याफ्टिङ तालिम’समेत दिइएको छ । नगरपालिकाका अनुसार आधारभूत तालिमपछि व्यावसायिक लेभलको तालिम दिने तयारी छ ।

तालिममा त्रियुगा– १४ र १५ का नाैजना स्थानीय युवाले सहभागिता जनाएका छन् । र्‍याफ्टिङलाई व्यावसायिक रूपमा सञ्चालन गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेकाले नगरपालिकाले र्‍याफ्टिङसम्बन्धी आधारभूत तालिम सम्पन्न गरी व्यावसायिक तालिमसमेत दिने भएको नगर प्रमुख वसन्तकुमार बस्नेतले बताए ।

त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा हिमालयन आउटडोर प्रोजेक्टको सहकार्य र होटेल तथा पर्यटन व्यवसायी संघ उदयपुरको आयोजनामा र्‍याफ्टिङसम्बन्धी आधारभूत तालिम सञ्चालन भएको थियो । तालिममा सहभागी नाै युवालाई कायक तथा र्‍याफ्टिङसम्बन्धी आधारभूत तहको सर्टिफिकेटसमेत प्रदान गरिएको छ ।

र्‍याफ्टिङको लाइसेन्स प्राप्त गर्ने युवालाई जलयात्रा व्यवसाय सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गरी आर्यआर्जनसँग जोड्ने नगरप्रमुख बस्नेतको भनाइ छ । र्‍याफ्टिङका लागि रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको क्षेत्रमा पर्ने सुनकोशी नदी सम्भावनायुक्त रहेको र उक्त क्षेत्र जंगल करिडोरमा पर्ने भएकाले यो स्थानमा जल पर्यटन विकास गर्न सके पर्यटन क्षेत्रमा नगरपालिकाले ठुलो फाइदा लिन सक्ने हिमालयन आउटडोर प्रोजेक्टका सञ्चालक तथा प्रशिक्षक अनुप गुरुङले बताए ।

होटेल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेबिट बस्नेतले सुनकोशी नदीमा तीन प्रकारका र्‍याफ्टिङ सञ्चालन गर्न सकिने बताए । उनले भने, ‘फोक्निटारदेखि धाप्लाङघाटसम्म १३ किलोमिटर, धाप्लाङघाटदेखि कम्फुघाटसम्म ६ किलोमिटर र धाप्लाङघाटदेखि सप्तकोशीको चतरा कोठुसम्म ५८ किलोटिरमा र्‍याफ्टिङ सञ्चालन गर्न सकिने एक अध्ययनले देखाएको छ ।’

नेशनल जिओग्राफिका अनुसार हाइट (उच्च) वाटर र्‍याफ्टिङको लागि सुनकोशी नदी संसारको १० औँ स्थानमा पर्दछ । त्यसमा पनि फोक्सिनटारदेखि चतरा कोठुसम्म र्‍याफ्टिङको लागि उत्तम मानिने बस्नेतको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE