Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने फैसला पुनरावलोकन हुने

खबरडबली संवाददाता

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने आफ्नो फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ ।

न्यायाधीशहरू सपनाप्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले फैसला पुनरावलोकन हुनुपर्ने माग सहितको निवेदनलाई ‘निस्सा दिने’ आदेश गरेको हो ।

फैसला पुनरावलोकनको निवेदनमा ‘निस्सा हुने’ आदेश भएपछि पुरानो फैसलामाथि सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुन्छ । तीन सदस्यिय न्यायधीशको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासले गरेको फैसलाको न्यायिक परिक्षण गर्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रका आधारमा संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद गुरुङलाई १२ पुस २०७९ मा निलम्बन गरेको थियो ।

गुरुङविरुद्ध २१ माघ २०७५ मा नै भ्रष्टाचार मुद्दा दायर भएको थियो । मुद्दा अदालतमा विचाराधीन रहेका बेला गुरुङले ०७९ मंसिरको प्रतिनिधिसभा चुनाव लडे र जिते पनि ।

तर अख्तियारले अदालतमा विचाराधीन मुद्दा अन्तिम किनारा नलागेसम्म स्वतः स्वत निलम्बनमा हुनुपर्ने बतायो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २६ मा कुनै राष्ट्र सेवकविरुद्ध मुद्दा परेमा किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।

संविधानको धारा २० (५) मा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसूरदार मानिने छैन भनिएको छ भने धारा ८७ मा संसदको योग्यतासम्बन्धी व्यवस्था छ ।

यस्तै २४६ (३) मा ‘उम्मेदवारी दर्ता भइसकेको, तर निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा उम्मेदवारको योग्यताबारे प्रश्न उठेमा निर्वाचन आयोगले निर्णय गर्नेछ’ भनिएको छ ।

गुरुङविरुद्ध उम्मेदवार हुँदा नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेको भनेर उजुरी गर्दा निर्वाचन अधिकृतको कार्यालयले भ्रष्टाचार मुद्दा विचाराधीन रहेको कारण अयोग्य नहुने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले उम्मेदवारी सदर गरेर निर्वाचित भइसकेको अवस्थामा अख्तियारले लेखेको पत्र र त्यसका आधारमा संघीय संसद् सचिवालयले गरेको निर्णय त्रुटिपूर्ण भएको अदालतको ठहर छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेवारिसे गाडी प्रकरण: पाँच स्थान, पाँच गाडी, एउटै रहस्य

काठमाडौं । सोमबार बिहान राजधानीका पाँच फरक–फरक स्थानमा शंकास्पद शैलीमा गाडी छाडिएपछि दिनभर काठमाडौं त्रास, अन्योल र आशंकाले भरियो। सञ्चारगृह, प्रमुख र...

गेट–गेटमा गाडी, शहरभर त्रास : पर्दापछाडि को ?

सञ्चारगृह र सार्वजनिक व्यक्ति लक्षित सांकेतिक आतंक

कान्तिपुरको गेटमा बेवारिसे छाडिएको गाडी रौतहटका मेयरका छोराको रहेको खुलासा

काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जय...

प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले का...

गगन थापाको घरअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि तेर्स्याएर पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ। सोमबार बिहा...

नक्कली भुटानी शरणार्थी प्रकरण: दोषीमाथि तोकिएन सजाय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सोमबार पूरा हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले ...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर,...

नुहाउने क्रममा नहरमा डुबेर बेपत्ता भएका बालकको शव फेला

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्। सप्तरी प्रहरीका अनु...

शिक्षा अधिकृतमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

काठमाडौं । घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि गुडिरहेको मोटरसाइकलमै मोबिल खन्याएर दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि वडा सदस्य पक्रा...

दोलखामा पहिरो जाँदा ४ महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending