काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका १६ बस्ने दिनेश घिमिरेलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
आफुलाई कुशल ठकुरीको रुपमा पहिचान दिलाउने गरेका उनले भन्सार कर्मचारी र सिआइबीको कर्मचारी बनेर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए । धेरैले उनलाई भन्सारले बरामद गरेका सुन र आइफोन सस्तो मुल्यमा मिलाइदिने भनेर ठगी गरेका छन् । एक सुन पसलेलाई ४२ तोला सुन १० लाखमा दिने भन्दै ठगी गरेका थिए ।
एक महिलासँग त्यसैगरी २२ लाख रुपैयाँ ठगीको उजुरी परेको छ । एक युवकलाई मंगलबार मात्र उनले सस्तोमा आइफोन बेच्ने बहानामा ठगी गरेका थिए । केही दिनअघि ग्यारेजमा जाने क्रममा चिनजान भएका घिमिरेले ती युवकलाई न्यायाधीशको भान्जो भएको र उनकै अफिसमा काम गर्ने भनेर चिनाएका थिए । पछि आफु एयरपोर्ट भन्सारमा सरुवा भएको भन्दै फोन गरे । ‘आइफोन प्रोम्याक्स १६ सस्तो मूल्यमा आएको छ भन्दै फकाएर हिजो पैसा हाल्न लगाए,’ अपराध अनुसन्धान कार्यालयमा भेटिएका ती पीडितले भने,‘निकै कर गरेपछि ९५ हजार हालिदिए, एयरपोर्ट गेटमा फोन लिन बोलाए, जाँदाखेरी आफु डिउटीका कारण व्यस्त भएको भन्दै बुधबार बिहान नौ बजे भेटेर फोन दिने बताए, बिहान फोन गर्दा उनको फोन प्रहरीले उठाए, उ पक्राउ परीसकेको रहेछ ।’
कतिपयलाई गाडी सस्तोमा दिने भनेर ठगी गरेको उजुरी परेको छ । अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यका अनुसार घिमिरे २०७२ सालदेखि नै पेशेवर ठगीमा संलग्न छन् । यसअघि नै उनीविरुद्ध १२ वटा मुद्दा दर्ता भएकोमा हाल ११ वटा ठगीका निवेदन प्रहरीमा पुगेका छन् । सिआइबीको प्रहरी हुँ भन्दै नजिकिएर कतिपयलाई जागिरको प्रलोभनमा उनले शोषण समेत गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । हाल ८० लाख बराबर ठगीको उजुरी परेकोमा एक करोड रुपैयाँ भन्दा धेरै ठगी गरेको देखिएको प्रहरीले जनाएको छ । एक युवतीलाई भेट्न गएका बेला प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: