Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछ: प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका सान्दर्भिक विषय छलफल हुने बताएका छन् । 

नेपाल सरकारद्वारा आज यहाँ आयोजित सगरमाथा संवाद घोषणा समारोहमा उनले यो संवाद, संवाद, सहमति र सहकार्यको माध्यमबाट विश्वव्यापी समझदारी र सहयोगलाई बढावा दिने नेपालको नीतिअनुरूप रहेको बताए । यो संवाद साझा हित र मानव जातिको सामूहिक कल्याणको भावनाबाट प्रेरित रहेको उनको भनाइ छ ।

“सुरूआतमा, हामीले सगरमाथा संवादको पहिलो संस्करण मे २०२५ मा ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा आयोजना गर्ने निर्णय गरेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “आज हामी संवादको घोषणा गर्दै गर्दा, संयुक्त राष्ट्र सङ्घको हिमनदी संरक्षणको लागि अन्तर्राष्ट्रिय वर्ष २०२५ को आह्वानप्रति ऐक्यबद्धता पनि व्यक्त गर्दछौँ । यसले तीव्र गतिमा पग्लिरहेका हिमनदीको संरक्षण गर्न र हिउँले ढाकिएका हिमालयजस्ता पृथ्वीका दुर्लभ स्रोतहरूको महत्त्वबारे जनचेतना जगाउने उद्देश्य राखेको छ ।”

उनले धेरै औद्योगिक देशले प्रकृतिको मूल्यमा आफूलाई समृद्ध बनाएका उल्लेख गर्दै यस्ता प्रवृत्तिहरूले जलवायु परिवर्तनको मुद्दालाई पनि चर्काएको बताए । जलवायु परिवर्तनका कारण हुने विपत्तिले धेरैको ज्यान लिएको छ र विकासको बाटोलाई अझ महँगो बनाएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले संस्कृतको भनाइ “वादैवादे जायते तत्त्वबोधः’ स्मरण गराउँदै यसले सत्य पत्ता लगाउनको लागि छलफलको महत्त्वलाई जोड दिने उल्लेख गरे । 

“यो मेरो पनि दृढ विश्वास हो, आजका धेरै समस्याहरूको समाधान सामूहिक चिन्तन र साझा प्रतिविम्बनमा आधारित हुनुपर्छ । समसामयिक मुद्दाहरूलाई सम्बोधन गर्न र बहु–सङ्कटले भरिएको बाटोमा अघि बढ्नको लागि एक खुला संवाद आवश्यक छ”, उनले भने, “यही कुरालाई महसुस गरी २०१९ मा सगरमाथा संवादको अवधारणा अघि सारिएको हो । तर, कोभिड–१९ महामारीको कारण यो संवादको पहिलो संस्करण आयोजना गर्ने हाम्रो प्रारम्भिक योजना स्थगित भएको थियो ।”

हालका वर्षमा नेपालले हासिल गरेका उपलब्धिलाई बिर्सनु नहुने उल्लेख गर्दै उनले  नेपालले लोकतन्त्रलाई सबै आयाममा व्यापक बनाउन हरसम्भव प्रयास गरिरहेको जानकारी गराए । “राजनीतिक मुद्दाहरू लगभग समाधान भइसकेपछि, हामी सामाजिक–आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित छौँ । हाम्रो राष्ट्रिय आकाङ्क्षा, “समृद्ध नेपाल, सुखी नेपाली, “आर्थिक समानता र सामाजिक कल्याणमा आधारित छ”, प्रधानमन्त्री ओलीले भने । 

सगरमाथा संवादको पहिलो संस्करण विशेषगरी हिमालको सन्दर्भमा जलवायु परिवर्तनको प्रश्नसँग सम्बन्धित हुने बताउँदै उनले यस वर्ष मात्रै नेपालले विभिन्न स्थानमा धेरै विपत्ति देखेको अवगत गराए । “हामीले देख्न सक्छौँ, जलवायु परिवर्तनले उच्च पहाड र तटीय क्षेत्रहरूमा सबैभन्दा बढी असर गरिरहेको छ । हिमालय पनि यसबाट अछुतो छैन । उचाइमा आधारित तापक्रम वृद्धिको कारण, हाम्रो हिमालको तापक्रम विश्व औसतभन्दा छिटो बढ्दैछ”, प्रधानमन्त्री ओलीले भने । 

नेपालका हिउँले ढाकिएका पहाडले पृथ्वीको जलवायुलाई स्थिर बनाउन प्राकृतिक भूमिका खेलेको बताउँदै उनले हिमालयलाई महासागरको स्वास्थ्य कायम राख्नको लागि महत्वपूर्ण प्रभाव पार्ने भएकाले ‘तेस्रो ध्रुव’ को रूपमा पनि चिनिने उल्लेख गरे । 

हिउँको तीव्र पग्लने र अप्रत्याशित वर्षाले एक समय हिउँले ढाकिएका सेता हिमाललाई कालो चट्टानमा परिणत गरेको बताउँदै उनले जलवायु विपद्को सन्दर्भमा मानिस, समाज र संस्कृतिको अस्तित्व नै खतरामा परेको उल्लेख गरे । हाम्रो कार्बन उत्सर्जन अत्यन्तै कम भए पनि, नेपालले जलवायु परिवर्तनको विनासकारी प्रभाव सामना गरिरहेको छ । यद्यपि, नेपाल सन् २०४५ सम्ममा शून्य उत्सर्जनमा पुग्ने र महत्वाकाङ्क्षी जलवायु योजना कार्यान्वयन गर्न प्रतिबद्ध छ”, उनले भने, “हामीले वन क्षेत्र विस्तार गरेका छौँ, स्वच्छ ऊर्जालाई प्रवद्र्धन गरेका छौँ र जैविक विविधताको रक्षा गरेका छौँ । तर, हाम्रो प्रयास मात्र पर्याप्त छैन र हामी जलवायु सङ्कटको लागि ऐतिहासिक रूपमा जिम्मेवार भएकाको लापर्वाहीलाई सधैँभरि क्षतिपूर्ति गर्न सक्दैनौँ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE