काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रु सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा रु आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा रु ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ ।
गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान दुई दशमलव ०१ प्रतिशतले घटेर ८९ दशमलव २८ प्रतिशत कायम भएको छ ।
नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ । पछिल्लो ६ महिना अवधिमा भारतबाट रु पाँच खर्ब दुई अर्ब ८५ करोड बराबरको वस्तु आयात गर्दा रु ७३ अर्ब ७१ करोड १२ लाख बराबरको निर्यात गरेको छ । जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा रु चार खर्ब २९ अर्ब १४ करोड बराबर छ । त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा चीनसँग रु एक खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग रु २२ अर्ब ६२ करोड व्यापार घाटा व्यहारेको छ ।
नेपालले एक सय २३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८१ - २१:०५
इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका छोराबुहारीसहित छजनालाई नियन्त्रणमा लिएको छ । सूर्याोदय नगरपालिका–११, सुन्तलेका ५१ ...
माघ २९ गते, २०८१ - २१:००
झापा । काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा रु १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी ...
माघ २९ गते, २०८१ - २०:१५
काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको एक आत्मघाती बम हमलामा तालिबान सुरक्षा बलसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ...
माघ २९ गते, २०८१ - २०:०७
काठमाडौं । पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँ टौखेल शालिकमार्गस्थित एक घरमा इनार खन...
माघ २९ गते, २०८१ - २०:०३
रुकुमपूर्व । रुकुमपूर्व भूमे गाउँपालिका-४ मा एक व्यक्तिले दुई जनाको हत्यापछि आफूले पनि आत्महत्या गरेको खुलेको छ । मङ्गलबार दिउँसो ३ बजेको समयमा भूम...
माघ २९ गते, २०८१ - १९:४८
काठमाडाैं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा ६ महिनामा एक हजार ८१ उजुरी परेका छन् । कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलका अनुस...
माघ २९ गते, २०८१ - १९:४३
काठमाडौं । संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको बैठकमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख द...
माघ २९ गते, २०८१ - १९:३९
अछाम । अछाममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा १३ बाब्लाका ६५ वर्षीय निखिरा नेपालीको मृत्यु भएको अछामका प्रहरी...
माघ २९ गते, २०८१ - १९:३५
कास्की । पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्ड कपमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालामा...
माघ २९ गते, २०८१ - १९:३०
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ एक सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । युनाइटेड अरब इमिरिटेस (युएई)को आयो...
प्रतिकृया लेख्नुहोस्: