सप्तरी । सप्तरीको बलान–बिहुल गाउँपालिकाले मातहतका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार अगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो ।
स्थानीय ज्ञान, सीप, प्रविधि, चाडपर्व संस्कृति र शान्तिको सन्देश भावी पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पुर्याउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गाउँपालिका जुटको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए । आधारभूत तहको कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम मैथिली भाषामा निर्माण गरी लागू गर्ने योजना बनाइएको छ ।
अगामी शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गरिने गाउँपालिकाको शिक्षा शाखाका प्रमुख दिनेशकुमार मण्डलले बताए । उनले भने, ‘पाठ्यक्रमको खाका (ड्राफ्ट) तयार गर्नका लागि नगरपालिकाका विद्यालयका प्रधानाध्याकहरूको विज्ञ समिति गठन गरी कार्य अगाडि बढाउने गाउँपालिकास्तरीय शिक्षा समितिले निर्णय गरेको छ ।’
शिक्षा शाखा प्रमुख मण्डलका अनुसार पाठ्यक्रमको खाका तयार भएपछि नगर क्षेत्रका शिक्षा क्षेत्रसम्बद्ध व्यक्तिसँग छलफल र परामर्श लिई खाकालाई अन्तिमरूप दिई पाठ्यक्रमका रूपमा लागू गरिने बताए । आगामी शैक्षिक सत्रमा कक्षा ४ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू पर्ने उनको भनाइ छ ।
स्थानीय मातृभाषा मैथिलीमा स्थानीयस्रका विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, मौलिक चाडपर्व सांस्कृतिक पक्ष, आर्थिक आधार, कृषि विविधता, नदी, पोखरी ताल, खनिज पदार्थ, जलवायु परिवर्तन, विपद्, योग, खेलकुद, असल सामाजिक कार्यक्रम, स्थानीय पेसा व्यवसायलाई पाठ्यक्रममा समावेश हुने भएपछि सानो कक्षाका विद्यार्थीमा सिकाइ सहजता हुने कलासंस्कृतिको संरक्षण हुने जनता माध्यमिक विद्यालय रामनगर कोदरकट्टीका प्रधानाध्यापक देवप्रसाद यादवले बताए ।
कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको हुनेछ । स्थानीय पाठ्यक्रम निर्माणमा इन्टरनेसनल अलर्टको आर्थिकको सहयोगमा समग्र जनउत्थान केन्द्र लहान सिरहाद्वारा सञ्चालित ‘महिला र सीमान्तकृत समूहलाई लैङ्गिक न्यायको सुदृढीकरण’ परियोजनाले प्रावधिक सहयोग गर्ने परियोजना व्यवस्थापक रामकृपाल साहले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:४८
सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमब...
मंसिर ३० गते, २०८२ - १७:४४
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकम...
मंसिर ३० गते, २०८२ - १७:४२
काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष...
मंसिर ३० गते, २०८२ - १७:३९
बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १०...
मंसिर ३० गते, २०८२ - १७:३६
राबात । मोरोक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । स्...
मंसिर ३० गते, २०८२ - १७:३४
किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई सातादेखिको तीव्र लडाइँका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भ...
मंसिर ३० गते, २०८२ - १७:३१
अस्ट्रेलिया । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व) मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत...
मंसिर ३० गते, २०८२ - १७:२८
संयुक्त राष्ट्र । संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले अष्ट्रेलियाको सिड्नीमा हनुक्का पर्वको अवसरमा भएको आतङ्कवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त...
मंसिर ३० गते, २०८२ - १७:२६
शेन्जेन । चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीह...
मंसिर ३० गते, २०८२ - १७:२३
पाेखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत व...




प्रतिकृया लेख्नुहोस्: