गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधार भएको बताएका छन ।
गोरखा नगरपालिका–८ आहालेस्थित श्री सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको आज उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले शिक्षा क्षेत्रको विकास देशको प्राथामिकतामा हुनुपर्नेमा जोड दिए ।
“शिक्षा नै त्यस्तो आधार हो, जहाँबाट मुलुकको विकास र समृद्धि सम्भव छ, यसले अनुशासन र स्थिरताको आधार तयार गर्नसक्छ”, अध्यक्ष दाहालले भने, “त्यसका लागि शैक्षिक क्षेत्रको सुधार गर्न वर्षौंदेखि अगाडि बढ्न नसकेको शिक्षा विधेयकलाई मेरै नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले पारित गरेर सदनमा छलफलका लागि पुर्याएको छ ।”
शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरेर मात्र शैक्षिक क्षेत्रको सुधार सम्भव रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले शिक्षा क्षेत्रलाई अगाडि बढाउनका लागि राज्यले लिने प्रतिबद्धताको स्तरले देशकै सभ्यता, विकास र सुशासनको स्तर मापन हुने बताए।
“हामी कहाँ अझै पनि शिक्षालाई व्यापारको आधार बनाउने काम रोकिएको छैन”, अध्यक्ष दाहालले भने, “संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा व्याख्या त गरियो तर संविधान बनेको लामो समय बितिसक्दा पनि शिक्षा ऐन नबन्दा समस्या भइरहेको छ ।”
संविधानमा शिक्षालाई जनताको मौलिक अधिकारका रुपमा उल्लेख गरेको भए पनि आवश्यक ऐन निर्माण नगर्दा र बजेट विनियोजन नहुँदा समस्या भएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - १७:२५
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्ल...
पौष २२ गते, २०८२ - १६:४६
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार स...
पौष २२ गते, २०८२ - १६:२८
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको एक करोड ४८ ...
पौष २२ गते, २०८२ - १६:२१
काठमाडौँ । काठमाडौँ महानगरपालिका–स्थित गैरीगाउँमा मंगलबार भीषण आगलागी भएको छ। गैरीगाउँमा रहेको एक कारखानाको छेउमा बनाइएको टहरोमा आगलागी भएपछि आगो नियन...
पौष २२ गते, २०८२ - १६:०९
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक...
पौष २२ गते, २०८२ - १५:४७
काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आग...
पौष २२ गते, २०८२ - १५:४१
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद सर्वपक्षीय बैठकमार्फत समाधान भएको छ। मंगलबार पर्सा जिल्ला प्रशासन कार्यालयमा...
पौष २२ गते, २०८२ - १५:२६
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएको छन् । आज...
पौष २२ गते, २०८२ - १५:१८
काठमाडौँ। नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गर...
पौष २२ गते, २०८२ - १५:११
काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जवाफ पेस गरेका छन्। आयोग प्रवक्ता विज्ञानराज शर्माका अ...




प्रतिकृया लेख्नुहोस्: