काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेको छन । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेको हो ।
उनले बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने जिकिर गरे। उनले बैंकका कर्मचारीहरुले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको बताए ।
‘‘पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामथ्र्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूचि बनाउनु पर्दछ । बैंक सबल भयो, प्रभावकारी भयो, बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीको इज्जत माथि उठ्छ ।,’’ उपप्रधानमन्त्री पौडेलले भने, ‘‘त्यसमा हरेकले सेभिङ गर्न पाउँछ, बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फमेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ । पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिनुहोला । बैंक जुन उद्देश्यले स्थापना भएको छ, ति उद्देश्य हाँसिल गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्छ ।’’
उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बिचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको बताए। बैंकको डिपोजिटको अनुपात चिन्ताको विषय रहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...
माघ ६ गते, २०८२ - १२:२८
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने तयारी भइरहेको छ। पार्टीको तर...
माघ ६ गते, २०८२ - १२:०९
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको ...
माघ ६ गते, २०८२ - १२:०२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेको छिन् । उनले भनेको छिन्, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायक...
माघ ६ गते, २०८२ - ११:५१
दमक। उम्मेद्वारी दर्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक आउँदै छन्। झापाको सबै निर्वाचन क्षेत्रको तयारीबारे उनले जानकारी लि...
माघ ६ गते, २०८२ - ११:४५
मुस्ताङ। पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिना...
माघ ६ गते, २०८२ - ११:०१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का शीर्ष नेताहरूले आगामी चुनाव नलड्ने निर्णय गरेका छन्। सोमबार बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल...
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...




प्रतिकृया लेख्नुहोस्: