Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

दाङमा गोली हानेर साथीको हत्या गरेको आराेपमा दुई पक्राउ

खबरडबली संवाददाता

दाङ । दाङमा गोली लागेर साथीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दङ्गिशरण गाउँपालिका –२ कौवाघारी निवासी २५ वर्षीय प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा सोही ठाउँ निवासी २२ वर्षीय छविलाल डांँगी र २७ वर्षीय पुष्पलाल बस्नेतलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुबैलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार डाँगीलाई नेपालगन्जबाट र बस्नेतलाई तुलसीपुरबाट शनिबार पक्राउ गरेको थियो । 

प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार पक्राउ परेका अभियुक्तले माघको ३ गते दङ्गिशरण गाउँपालिका –२ स्थित जङ्गलमा शिकार खेल्न गएको समयमा छविलाल डाँगीले बोकेको बन्दुक ढुङ्गामा चिप्लिएपछि पड्किएर प्रेमलाई लागेको बयान दिएका छन् । ‘सुरुमा रुखबाट लडेर मृत्यु भएको बताए पनि अनुसन्धानका क्रममा सिकार खेल्न गएको समयमा छविलालले बोकेको बन्दुक पड्किएर अघि हिँडिरहेका प्रेमलाई गोली लागेको दुबै जनाले बयान दिएका छन्’, प्रहरी उपरीक्षक तिमिल्सिनाले पत्रकार सम्मेलनमा भने, ‘साथीबिच दुस्मनी थियो वा थिएन, बन्दुक कस्को हो भन्ने अझै खुल्न सकेको छैन ।’

सुरुमा रुखबाट लडेर घाइते भएको घरपरिवार लगायत प्रहरीलाई बताए पनि अहिले बन्दुकको गोली लागेर मृत्यु भएको स्वीकार गरिसकेको प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए । गोली लागेर गम्भीर घाइते भएका प्रेमको माघको ३ गते बाँकेको नेपालगञ्जस्थित नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको थियो । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा नर्सिङ होम अस्पतालमा उपचारका क्रममा बेलुका साढे ८ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार घट्ना शङ्कास्पद भएको प्रहरीलाई गोप्य सूचना प्राप्त भएपछि मृतकको भेरी अस्पताल बाँकेमा पोस्टमार्टम गरेर माघ ४ गते शव घर ल्याएर दाहसंस्कार गर्न लग्ने अन्तिम तयारी भइरहेको समयमा प्रहरीले शव नियन्त्रणमा लिएको थियो । 

अवस्था शङ्कास्पद लागेपछि मृतकको शवलाई पुनः परीक्षणका लागि माघको ५ गते भेरी अस्पताल बाँके पठाइएकोमा पुनः पोस्टमार्टम गर्दा खुट्टाको साप्रालगायत शरीरका विभिन्न ठाउँबाट भरुवा बन्दुकको गोली (छर्रा) फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: