Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

खबरडबली संवाददाता

दमास्कस । सिरियामा लामो समयदेखि शासन गर्दै आएका बसर अल–असदलाई सत्ताच्यु गरिएपछि अन्तरिम सरकार र सहयोगी अन्तर्राष्ट्रिय सङ्घसंस्थाको पहलमा करिब दुई लाख शरणार्थी स्वदेश फिर्ता भएका छन् । 

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त फिलिप्पो ग्रान्डीले गत वर्षको डिसेम्बर यता करिब दुई लाख सिरियाली शरणार्थी आफ्नो देश फर्केको पुष्टि गरे । सन् २०२४ डिसेम्बर ८ मा राष्ट्रपति बसर अल असदको सरकार ढलेपछि जनवरी १६ सम्ममा एक लाख ९५ हजार २०० सिरियाली नागरिक स्वदेश फर्किसकेका ग्रान्डीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको तथ्याङ्कमा उल्लेख छ । 

उनले शरणार्थी व्यवस्थापनका लागि सिरिया र छिमेकी देशहरूको भ्रमण गर्ने योजना पनि घोषणा गरेका छन् ।शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर), संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायको समर्थनलाई बलियो बनाउन समयसीमा निर्दिष्ट नगरिएको भएपनि क्रमिकरूपमा कार्यतालिका सावजनिक गरिने र शरणार्थीको फिर्ती तथा व्यवस्थापन गरिने छ ।

यसैबीच, युएनएचसीआरका अनुसार सन् २०२४ मा पाँच लाख ५० हजारभन्दा बढी सिरियालीहरू आफ्नो देश फर्केका छन् । फिर्ता भएका शरणार्थीमध्ये सबैभन्दा बढी हिस्सा उत्तरी अलेप्पो प्रान्तका रहेको बताइएको छ । धेरै सिरियाली शरणार्थीले स्वदेश फर्कन चासो देखाए पनि युएनएचसीआरले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा मिश्रित भावना रहेको उल्लेख गरिएको छ । उनीहरूमध्ये धेरैले सिरियाभित्र आफ्नो जीवन र घरहरू फर्कन र पुनर्निर्माण गर्न सक्षम हुन वित्तीय तथा बन्दोबस्तीका सामानको सहायताको आवश्यकतामा जोड दिएका छन् ।

प्रत्युत्तरमा युएनएचसीआर र यसका साझेदार संस्थाहरूले शरणार्थीको स्वदेश फिर्तीका लागि अन्तरनिकाय योजना अघि सारेको प्रतिवेदनमा उल्लेख छ । निकायले शरणार्थी र उनीहरूलाई स्वागत गर्ने समुदाय दुवैका लागि दिगो कोष र सुरक्षा कार्यक्रमहरूको महत्वलाई पनि जोड दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: