Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

बाँकेमा जिल्लास्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने

खबरडबली संवाददाता

बाँके । बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गते देखि हुने भएको छ । 

बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।  

बाँके जिल्ला फुटबल संघको बैठकले माघको २६ गते देखि प्रतियोगिता गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले अन्तर विद्यालय मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढाउने निर्णय गरेको छ । 

प्रतियोगितालाई सफल बनाउन संघको बैठकले विभिन्न उप–समितिको समेत निर्माण गरेको छ । संघले अनुशासन तथा अपिल उप–समितिको संयोजकमा अनिल केसी, प्राविधिक उप–समितिको संयोजकमा सानु तामाङ, आर्थिक उप–समितिको संयोजकमा श्याम सुन्दर मल्ल, स्वास्थ्य उप–समितिको संयोजकमा दिपेन्द्र घलेलाई जिम्मेवारी दिएको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगिताबाट बाँके जिल्लाको पुरुष र महिला टिम छनोट गर्ने संघले तयारी गरेको छ । 

प्रतियोगिताबाट छानिएका खेलाडीलाई फागुन महिनामा नेपालगन्जमा हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्लाको टिमबाट सहभागि गराउने योजना रहेको अध्यक्ष शाहीले बताए । उनले भने, ‘मेयर कप फुटबल संघको महत्वपुर्ण प्रतियोगिता हो । हरेक वर्ष यसले विद्यालय स्तरबाट नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने गरेको छ । यस पटक यो प्रतियोगितालाई हामीले झन विशेष रुपमा लिएका छौं ।

प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले नेपालगन्जमै हुने राष्ट्रिय स्तरको लुम्बिनी कप महिला फुटबलमा खेल्ने अवसर पाउनेछन् । प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रतियोगिता खेल्ने अवसर दिनेछौं ।’ यसैगरी प्रतियोगितामा छानिएका उत्कृष्ट पुरुष खेलाडीले पनि जिल्ला बाहिरको टिमसँग मैत्रीपुर्ण खेल खेल्नको लागि अवसर प्राप्त गर्ने शाहीले बताए । संघको नेपालगञ्जमा बसेको बैठकले लुम्बिनी कप महिला फुटबलमा बाँके जिल्लाको टिमलाई सहभागि गराउने समेत निर्णय गरेको छ । 

प्रतियोगिताको लागि टिमको तयारीलाई अगाडी बढाउने निर्णय भएको अध्यक्ष शाहीले बताए । बाँके जिल्ला फुटबल टिमको तयारी तथा व्यवस्थापन संयोजकको जिम्मेवारी दिर्घराज आचार्य(कौशल), सदस्यको रुपमा नितु शाह चन्द र नागिन देवी श्रेष्ठलाई दिइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending