Ntc summer Offer
Khabar Dabali ६ फाल्गुन २०८१ मंगलवार | 18th February, 2025 Tue
Investment bank

कोलम्बियामा विद्रोहीको आक्रमणमा परी ६० जनाको मृत्यु

खबरडबली संवाददाता

कोलम्बिया । कोलम्बियामा नेशनल लिबरेसन आर्मी (इएलएन) विद्रोहीको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

कोलम्बियामा अहिले पनि सक्रिय सशस्त्र समूहमध्ये सबैभन्दा ठूलो बामपन्थी लडाकू समूह नेसनल लिबरेशन आर्मी (ईएलएन) का लडाकूहरू हालैका दिनहरूमा भएको भिडन्तमा कोलम्बियाको रिभोल्युसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया (फार्स) का विद्रोहीहरूविरुद्ध उत्रेका छन् ।

भेनेजुएलासँग सीमा जोडिएको अशान्त क्याटाटुम्बो क्षेत्रमा पछिल्लो आक्रमणपछि भएको भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको अधिकारीहरुले शनिबार बताएका छन् । प्रतिद्वन्द्वी समूहहरूले वर्षौंदेखि यस क्षेत्रमा कोकिनको व्यापारनियन्त्रणका लागि लडाइँ गर्दै आएका छन् । 

कोलीम्बयामा सन् २०१६ मा फार्कसँग ५० वर्षभन्दा लामो युद्धपछि शान्ति सम्झौता भएको थियो । ईएलएनको दक्षिणपन्थी अर्धसैनिक बल क्लान डेल गोल्फोसँग पनि भिडन्त भएको थियो, जुन देशको सबैभन्दा ठूलो ‘कोकिनको कारोकार (ओसारपसार)’ गर्ने समूह हो । 

सैन्य कमाण्डर जनरल लुइस एमिलियो कार्डोजोले शनिबार भने, “देशको क्याटाटुम्बो क्षेत्रमा निकै नाजुक अवस्था छ ।”
उनले एक्समा सेनाद्वारा प्रकाशित एक भिडियोमा भनेका छन्, “ईएलएन र फार्क विद्रोहीबीचको युद्धविरामको ‘उल्लङ्घन’ ले “सर्वसाधारणमा व्यापक असर छ ।”

उनले भने, “उनीहरुले स्थानीय निहत्था नागरिकलाई घरबाट निकालेर दयनीय तरिकाले हत्या गरेका छन्, सबै मानव अधिकारको उल्लङ्घन गरेका छन् । यो क्षेत्रलाई स्थिर बनाउने राष्ट्रिय सेनाको रूपमा हामीमा निर्भर छ,” कार्डोजोले यस क्षेत्रमा तैनाथ सयौं सैनिकहरूलाई सम्बोधन गर्दै भने ।

सन् २०२२ मा निर्वाचित भएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले अझै पनि कोलम्बियाको केही भागहरूमा नियन्त्रण गरिरहेका इएलएन र अन्य सशस्त्र समूहहरूसँग वार्ता सुरु गरेका थिए ।

ईएलएन समूहले ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै उनले अशान्तिको पछिल्लो श्रृङ्खलाको समयमा शुक्रबार उक्त समूहसँग वार्ता रोकेको घोषणा गरेका थिए । कोलम्बियाको ओम्बड्सम्यान कार्यालयले शनिबार राति क्याटाटुम्बोमा करिब ६० जनाको मृत्यु भएको जनाएको छ । कार्यालयका अनुसार केही बासिन्दा हिंसाबाट बच्न ‘पहाडी क्षेत्रमा शरण लिइरहेका’ छन् । 

“शान्तिमा हस्ताक्षर गर्ने, सामाजिक अगुवा र उनीहरूका परिवार र बालबालिकासमेत धेरैलाई अपहरण वा हत्याको विशेष जोखिम छ,” कार्यालयले भनेको छ । प्रभावित समुदायले पनि खाद्यान्न अभावको सामना गर्न थालेको भन्दै कार्यालयले सशस्त्र समूहलाई मानवीय सहायतामा पहुँच प्रदान गर्न र सर्वसाधारणमाथि हुने सबै प्रकारका आक्रमण रोक्न आह्वान गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सञ्जाल विधेयक परिमार्जन गर्न जरुरी छ: शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियनका शाखा अध...

ताप्लेजुङमा हत्या आरोपमा एक पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा फागुन ३ गते बिर्खबहादुर लिम्बूको हत्या गरेको अभियोगमा २२ वर्षीय सुवास लिम्बू पक्राउ परेका छन् । जिल्लाको फक्ताङलुङ गाउँपालि...

कांग्रेसकाे ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले फागुन ९ देखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ...

अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा

मस्को । रुसले आगामी महिनाहरूमा अमेरिकासँग आर्थिक वार्तामा ‘प्रगति’ हुने अपेक्षा गरेको एक रुसी वार्ताकारले मङ्गलबार साउदी अरेबियामा बताएका छन् । साउदी ...

पुल भाँच्ने शिवम सिमेन्टले क्षतिपूर्तिस्वरुप तिर्‍यो ८६ लाख

नवलपुर । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिनेगरी गह्रुङ्गो भार बोकेको भारतीय ट्रक ल्याउने कम्पनी शिवम सिम...

मर्यदाविपरित तस्बिर र भिडियो सामाजिक सञ्जालमा पाेस्ट गर्ने १२० सशस्त्र प्रहरी कारबाहीमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको निर्देशनविपरित सामाजिक सञ्जालमा सङ्गठनको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बनाई अपलो...

अवैध रुपमा सञ्चालनमा रहेका जनकपुरका १८ अस्पताल बन्द

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहसहितको टोलीले गरेको अनुमगनबाट जनकपुरधाममा अवैध रुपमा १८ वटा अस्पताल बन्द भएका छन् । मुख्यमन...

एक सय आठ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ ।  कञ्चनपुरको बेदकोट नगरपालिक...

माघमा साढे चार हजार गाडी दुर्घटनामा, १९९ को मृत्यु , मोटरसाइकल बढी जोखिममा

काठमाडौं । गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परे...

सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त

टोकियो । सन् २०२४ मा जापानको आर्थिक वृद्धिदर अत्यधिक सुस्त भएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy