लुम्बिनी । नेपाल र भारतका सुरक्षा निकायबिच डिआइजीस्तरीय छैटौँ समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सीमा अपराध नियन्त्रण, साम्प्रदायिक तत्वको रोकथाम, र आपसी सहयोगको विभिन्न विषयमा छलफल गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपालका शुक्रवार नम्बर ५ बाहिनी मुख्यालय रुपन्देहीद्वारा आयोजित यो बैठक पाल्पाको तिनाहु वडा ३, लुम्बिनी केवलकार बुटवल हिलमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालको नेतृत्व रहेको थियो भने भारततर्फ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का लखीमपुरखिरी सेक्टर हेडक्वार्टरका डिआइजी बी. विक्रमन र गोरखपुर सेक्टर हेडक्वार्टरका डिआइजी मुन्ना सिंहले प्रतिनिधित्व गरेका थिए ।
बैठकमा सीमावर्ती जिल्लामा देखिएका उग्र साम्प्रदायिक गतिविधि नियन्त्रण, धार्मिक सहिष्णुता कायम, सीमा अपराध रोकथाम र सूचना आदान प्रदानलाई थप प्रभावकारी बनाउन सहमति भएको छ । बैठकले अवैध आर्थिक अपराध, लागुऔषध ओसारपसार, मानव बेचबिखन र तेस्रो देशका नागरिकको गैरकानुनी प्रवेशलाई रोक्न संयुक्त सुरक्षा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, दशगजा क्षेत्रको सरसफाइ, सीमास्तम्भको मर्मत सम्भार, र अवैध संरचना हटाउने विषयमा दुवै पक्षले सहकार्य गर्न प्रतिबद्धता जनाएका छन् । बैठकमा संयुक्त गस्ती, हेल्थ डेस्क सञ्चालन, खेलकुद र विविध अभ्यासहरूलाई निरन्तरता दिने सहमति पनि भएको छ ।
बैठकमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकारीहरू र भारतीय सशस्त्र सीमाबलका कमाण्डरको समेत उपस्थिति थियो । नेपाल–भारतबिचको यो नियमित बैठकले खुला सीमासम्बन्धी चुनौतीको समाधान गर्न थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसअघि यस्तै प्रकृतिको बैठक भारतको उत्तरप्रदेशस्थित बहराइचमा सम्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: