लुम्बिनी । नेपाल र भारतका सुरक्षा निकायबिच डिआइजीस्तरीय छैटौँ समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सीमा अपराध नियन्त्रण, साम्प्रदायिक तत्वको रोकथाम, र आपसी सहयोगको विभिन्न विषयमा छलफल गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपालका शुक्रवार नम्बर ५ बाहिनी मुख्यालय रुपन्देहीद्वारा आयोजित यो बैठक पाल्पाको तिनाहु वडा ३, लुम्बिनी केवलकार बुटवल हिलमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालको नेतृत्व रहेको थियो भने भारततर्फ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का लखीमपुरखिरी सेक्टर हेडक्वार्टरका डिआइजी बी. विक्रमन र गोरखपुर सेक्टर हेडक्वार्टरका डिआइजी मुन्ना सिंहले प्रतिनिधित्व गरेका थिए ।
बैठकमा सीमावर्ती जिल्लामा देखिएका उग्र साम्प्रदायिक गतिविधि नियन्त्रण, धार्मिक सहिष्णुता कायम, सीमा अपराध रोकथाम र सूचना आदान प्रदानलाई थप प्रभावकारी बनाउन सहमति भएको छ । बैठकले अवैध आर्थिक अपराध, लागुऔषध ओसारपसार, मानव बेचबिखन र तेस्रो देशका नागरिकको गैरकानुनी प्रवेशलाई रोक्न संयुक्त सुरक्षा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, दशगजा क्षेत्रको सरसफाइ, सीमास्तम्भको मर्मत सम्भार, र अवैध संरचना हटाउने विषयमा दुवै पक्षले सहकार्य गर्न प्रतिबद्धता जनाएका छन् । बैठकमा संयुक्त गस्ती, हेल्थ डेस्क सञ्चालन, खेलकुद र विविध अभ्यासहरूलाई निरन्तरता दिने सहमति पनि भएको छ ।
बैठकमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकारीहरू र भारतीय सशस्त्र सीमाबलका कमाण्डरको समेत उपस्थिति थियो । नेपाल–भारतबिचको यो नियमित बैठकले खुला सीमासम्बन्धी चुनौतीको समाधान गर्न थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसअघि यस्तै प्रकृतिको बैठक भारतको उत्तरप्रदेशस्थित बहराइचमा सम्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: