Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति हान झेङ जाने

खबरडबली संवाददाता

काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ । गत नोभेम्बरमा दोस्रोपटक निर्वाचित भएका ट्रम्पले सोमबार वासिङ्टनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना उपराष्ट्रपतिलाई पठाउने भएका हुन् ।

शपथ समारोहमा आमन्त्रण गर्ने पाहुनाको सम्बन्धमा नजिरलाई तोड्दै ट्रम्पले चिनियाँ राष्ट्रपति र विश्वका अन्य नेतालाई समारोहमा आमन्त्रण गर्ने जानकारी उनको संक्रमणकालीन टोलीले गराएको थियो । चिनियाँ विदेश मन्त्रालयले भने ट्रम्पको शपथ समारोहमा उपराष्ट्रपति सीको ‘विशेष प्रतिनिधि’का रूपमा हान सहभागी हुने जनाएको छ ।

‘चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई हेर्ने र बढाउने कार्यमा सहकार्य र समन्वयको सिद्धान्तलाई अनुसरण गर्दछ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘हामी नयाँ अमेरिकी सरकारसँग वार्ता र संवाद बढाउन र मतभेदको उचित व्यवस्थापनका लागि काम गर्न तयार छौँ,’ विज्ञप्तिमा उल्लेख छ । बेइजिङले ‘स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्धलाई संयुक्त रूपमा अगाडि बढाउन र दुई देशलाई एक–अर्कासँग घुलमिल हुनका लागि सही बाटो खोज्न’ इच्छुक रहेको बताएको छ ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पको चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो । खासगरी उनले चिनियाँ सामानमा अतिरिक्त करको घोषणा गरेपछि दुई देशबिच व्यापार–युद्ध चलेको थियो । विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनबाट आयात हुने धेरै सामानमा करको दायरामा अत्यधिक वृद्धि भएको थियो ।

उनले बेइजिङले अनुचित व्यापार अभ्यास गरेको र संयुक्त राज्य अमेरिकामा विनाशकारी फेन्टानिल संकटमा भूमिका खेलेको आरोप लगाउँदै यसपटक थप कडा उपायहरू लागू गर्ने चेतावनी दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending