संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीबाट बाह्रबिसे बजारका पाँच घर जलेर नष्ट भएका थिए ।
हिजो भएको आगलागीबाट करिब एक करोड ५० लाख रुपैयाँबराबरको क्षतिको मूल्यांकन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । आगलागीबाट स्थानीय रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू र सुशील तामाङका २ वटा घर गरी पाँचवटा घर जलेर नष्ट भएको थियो ।
आगलागी पीडितहरूलाई सभापोखरी गाउँपालिकाले बिहीबार साढे दुई लाख रुपैयाँबराबरको राहत वितरण गरेको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बूका अनुसार पाँच घरधनी र भाडामा बस्ने पाँच परिवारसहित १० परिवारलाई लत्ताकपडा, ओढ्ने-ओछ्याउने सिरक, डस्ना, तन्ना, सिरानी, भाडाकुँडा, दाल चामल, नुन-मसला र ग्यास चुल्होसहित सिलिन्डर एकसरो सामान वितरण गरिएको हो ।
आगलागीपीडितहरूको व्यवस्थापनमा गाउँपालिकाले सक्दो सहयोग गरिरहेको र व्यवस्थापनमा खटिरहेको अध्यक्ष लिम्बूको भनाइ छ । विस्थापित १० परिवारमध्ये रामबहादुर राईको परिवारलाई सभापोखरी–६ स्थित नयाँ बनेको वडा भवनमा राखिएको अध्यक्ष लिम्बूले बताए । अन्य नौ परिवार आफन्तको शरणमा बसिरहेको छ, उनीहरूलाई सहज रूपमा बसोबास गर्न सामुदायिक भवनमा सारिने तयारीमा गरिएको अध्यक्ष लिम्बूको भनाइ छ ।
आगलागी पीडितहरूलाई बिहीबार जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरण गरेको छ । संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको टोलीले पाँचजनाभन्दा बढी परिवार हुने परिवारलाई २० हजार रुपैयाँ, ५ जनाभन्दा कम सदस्य हुने परिवारलाई १५ हजार रुपैयाँका दरले राहत वितरण गरेको संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उनका अनुसार आगलागीमा परेको पाँच परिवारमध्ये तीनजनालाई नगद १५ हजार र एकजनालाई नगद २० हजार रुपैयाँ राहत वितरण गरेको बताए ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी संखुवासभाले लत्ताकपडा, भाँडाकुडा र त्रिपाललगायतका सामान वितरण गरेको थियो । यस्तै, अलैँची व्यवसायी महासंघ संखुवासभाले नगद १५ हजार रुपैयाँ, संखुवासभा वितरण संघले नगद १२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: