Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सभापोखरीका आगलागी पीडितलाई राहत वितरण

खबरडबली संवाददाता

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीबाट बाह्रबिसे बजारका पाँच घर जलेर नष्ट भएका थिए । 

हिजो भएको आगलागीबाट करिब एक करोड ५० लाख रुपैयाँबराबरको क्षतिको मूल्यांकन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । आगलागीबाट स्थानीय रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू र सुशील तामाङका २ वटा घर गरी पाँचवटा घर जलेर नष्ट भएको थियो ।

आगलागी पीडितहरूलाई सभापोखरी गाउँपालिकाले बिहीबार साढे दुई लाख रुपैयाँबराबरको राहत वितरण गरेको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बूका अनुसार पाँच घरधनी र भाडामा बस्ने पाँच परिवारसहित १० परिवारलाई लत्ताकपडा, ओढ्ने-ओछ्याउने सिरक, डस्ना, तन्ना, सिरानी, भाडाकुँडा, दाल चामल, नुन-मसला र ग्यास चुल्होसहित सिलिन्डर एकसरो सामान वितरण गरिएको हो ।

आगलागीपीडितहरूको व्यवस्थापनमा गाउँपालिकाले सक्दो सहयोग गरिरहेको र व्यवस्थापनमा खटिरहेको अध्यक्ष लिम्बूको भनाइ छ । विस्थापित १० परिवारमध्ये रामबहादुर राईको परिवारलाई सभापोखरी–६ स्थित नयाँ बनेको वडा भवनमा राखिएको अध्यक्ष लिम्बूले बताए । अन्य नौ परिवार आफन्तको शरणमा बसिरहेको छ, उनीहरूलाई सहज रूपमा बसोबास गर्न सामुदायिक भवनमा सारिने तयारीमा गरिएको अध्यक्ष लिम्बूको भनाइ छ ।

आगलागी पीडितहरूलाई बिहीबार जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरण गरेको छ । संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको टोलीले पाँचजनाभन्दा बढी परिवार हुने परिवारलाई २० हजार रुपैयाँ, ५ जनाभन्दा कम सदस्य हुने परिवारलाई १५ हजार रुपैयाँका दरले राहत वितरण गरेको संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उनका अनुसार आगलागीमा परेको पाँच परिवारमध्ये तीनजनालाई नगद १५ हजार र एकजनालाई नगद २० हजार रुपैयाँ राहत वितरण गरेको बताए । 

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी संखुवासभाले लत्ताकपडा, भाँडाकुडा र त्रिपाललगायतका सामान वितरण गरेको थियो । यस्तै, अलैँची व्यवसायी महासंघ संखुवासभाले नगद १५ हजार रुपैयाँ, संखुवासभा वितरण संघले नगद १२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: