बुटवल । सांस्कृतिक मौलिकता जोगाउने उद्देश्यले बुटवल उपमहानगरपालिका १५ सेमलारमा बाध्यवादन तालिम गरिएको छ । १५ दिने तालिम अन्तर्गत स्थानीय महिलाहरुका लागि मादल, खैजडी र मजुरा बजाउन सिकाइएको हो ।
कार्यक्रमको समापनमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अहिलेको समयमा शिक्षासँगै सीप हुनुपर्ने बताए । उनले सीपसहितको शिक्षाले मानिसको जीवन धेरै सहज हुने बताउँदै नगर भौतिक विकाससँगै मानवीय विकासतर्फ अग्रसर भएको बताए ।
समाजमा समानुपातिकरुपमा विकासलाई अघि बढाएको बताउँदै नगरबासीहरुलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए । नगर प्रमुख पाण्डेयले करोडौँका बजेट विनियोजन गरी गरिएका भौतिक विकासभन्दा यस प्रकारका तालिमले आफूलाई पनि आत्मसन्तुष्टी भएको बताए । वडा नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले तालिमले संस्कृतिसमेत संरक्षण हुने बताए । यस किसिमका तालिमलाइ निरन्तरता दिने उनको भनाइ छ ।
बुटवल ११ मा रहेको उद्यमशील ट्रेनिङ सेन्टरको संयोजन रहेको कार्यक्रममा बुटवल वडा नम्बर १५ का टोल विकास र आमा समूहका करिब ८२ जना महिलाहरुको सहभागिता रहेको थियो । ट्रेनिङ सेन्टरले स्थानीयहरुको आवश्यकतालाई मध्यनजर गर्दै सो तालिम सञ्चालन गरेको सेन्टरका अध्यक्ष राजेन्द्र पाण्डेको भनाइ छ ।
मादल खैजडी र मजुरा बजाउन सिकाएका प्रशिक्षक विष्णु कडेलले सिकेको सीपलाई निरन्तरता दिन जरुरी रहेको बताए । प्रशिक्षार्थी वसन्ती जोशी भुसाल, इन्दिरा मरासिनी काफ्ले,जया घिमिरे लगायतले १५ दिनको तालिममा बाध्यवादनमा धेरै कुरा सिकेको बताउँदै यसलाई पूर्ण बनाउन अझै यसको एडभान्स तालिम लिन चाहेको बताइन । वार्ड सदस्य तथा कार्यक्रम संयोजक रमा पौडेल पराजुलीले विभिन्न समयका शुभकार्यमा महिलाहरुले पनि बाध्यवादनका सामग्री बजाउन जान्नैपर्ने भएकाले तालिम दिइएको र फलदायी पनि भएको बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: