बुटवल । सांस्कृतिक मौलिकता जोगाउने उद्देश्यले बुटवल उपमहानगरपालिका १५ सेमलारमा बाध्यवादन तालिम गरिएको छ । १५ दिने तालिम अन्तर्गत स्थानीय महिलाहरुका लागि मादल, खैजडी र मजुरा बजाउन सिकाइएको हो ।
कार्यक्रमको समापनमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अहिलेको समयमा शिक्षासँगै सीप हुनुपर्ने बताए । उनले सीपसहितको शिक्षाले मानिसको जीवन धेरै सहज हुने बताउँदै नगर भौतिक विकाससँगै मानवीय विकासतर्फ अग्रसर भएको बताए ।
समाजमा समानुपातिकरुपमा विकासलाई अघि बढाएको बताउँदै नगरबासीहरुलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए । नगर प्रमुख पाण्डेयले करोडौँका बजेट विनियोजन गरी गरिएका भौतिक विकासभन्दा यस प्रकारका तालिमले आफूलाई पनि आत्मसन्तुष्टी भएको बताए । वडा नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले तालिमले संस्कृतिसमेत संरक्षण हुने बताए । यस किसिमका तालिमलाइ निरन्तरता दिने उनको भनाइ छ ।
बुटवल ११ मा रहेको उद्यमशील ट्रेनिङ सेन्टरको संयोजन रहेको कार्यक्रममा बुटवल वडा नम्बर १५ का टोल विकास र आमा समूहका करिब ८२ जना महिलाहरुको सहभागिता रहेको थियो । ट्रेनिङ सेन्टरले स्थानीयहरुको आवश्यकतालाई मध्यनजर गर्दै सो तालिम सञ्चालन गरेको सेन्टरका अध्यक्ष राजेन्द्र पाण्डेको भनाइ छ ।
मादल खैजडी र मजुरा बजाउन सिकाएका प्रशिक्षक विष्णु कडेलले सिकेको सीपलाई निरन्तरता दिन जरुरी रहेको बताए । प्रशिक्षार्थी वसन्ती जोशी भुसाल, इन्दिरा मरासिनी काफ्ले,जया घिमिरे लगायतले १५ दिनको तालिममा बाध्यवादनमा धेरै कुरा सिकेको बताउँदै यसलाई पूर्ण बनाउन अझै यसको एडभान्स तालिम लिन चाहेको बताइन । वार्ड सदस्य तथा कार्यक्रम संयोजक रमा पौडेल पराजुलीले विभिन्न समयका शुभकार्यमा महिलाहरुले पनि बाध्यवादनका सामग्री बजाउन जान्नैपर्ने भएकाले तालिम दिइएको र फलदायी पनि भएको बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: