Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सरकार छुट्टै राजश्व महाशाखा गठनको तयारीमा छ: मुख्यमन्त्री कार्की

खबरडबली संवाददाता

माेरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार छुट्टै राजश्व महाशाखा गठनको तयारीमा रहेको बताएका छन् । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकाले आयोजना गरेको प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

प्रदेश सरकारको आन्तरिक आय वृद्धिका लागि छुट्टै महाशाखा आवश्यक भएको बताउँदै महाशाखा गठन भएपछि राजश्व बाँडफाँट वापतको बजेट वृद्धि हुने उल्लेख गरे । उनले महाशाखा गठन पछि केही अर्ब राजश्व बढाउन सकिने बताए । नेपाली काङ्ग्रेस र एमाले बिचको सहमतिपछि बनेको सङ्घीय सरकारले आर्थिक सुधारका लागि धेरै काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, गत वर्ष १२ खर्बको लक्षमा १० खर्ब राजश्व सङ्कलन भएको थियो । चालु वर्ष १४ खर्बको लक्ष हो, १२ खर्ब पुर्‍याउन सरकार क्रियाशील छ ।

मुख्यमन्त्री कार्कीले बेलबारी नगरपालिकाले गरेको शैक्षिक प्रदर्शनीबाट छिमेकी पालिकाले समेत सिक्न सक्ने बताउँदै विद्यार्थीको उर्जा बढाउन, क्षमता वृद्धि गर्न र सीप सिकाउने सबै खाले कार्यक्रममा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले शिक्षक र गुरूहरूले विद्यार्थीलाई जति बढी समय दिनसक्यो ।

विद्यार्थी उत्ति नै बढी दक्ष भएर निस्कनेमा जोडदिँदै उनले विद्यार्थीलाई प्रयोगात्मक सीप प्रदान गर्ने कार्यक्रमहरू वार्षिक पात्रो बनाएर सञ्चालन गर्न आग्रह गरे । हरेक विद्यार्थीमा कुनै न कुनै क्षमता हुन्छ , तर त्यो क्षमता उजागर गर्न सकिरहेका हुँदैनन् । यसखाले प्रदर्शनीले विद्यार्थीलाई क्षमता प्रदर्शनको मौका मिल्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

कोशी प्रदेशका सांसद गीता तिम्सिनाले बेलबारीलाई शैक्षिक हबको रुपमा विकसित गर्न तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताए । बेलबारी नगरपालिकाका नगर प्रमुख दीलप्रसाद राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक अजम्वर राई, बेलबारी –११ का वडाध्यक्ष विक्रम राई र भुपाल बस्नेतले बोल्नु भएको थियो । माघ ६ गते सम्म सञ्चालन हुने प्रदर्शनीमा बेलबारी नगर क्षेत्रका ३१ वटा सामूदायिक  र ३६ वटा संस्थागत विद्यालयले विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: