माेरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार छुट्टै राजश्व महाशाखा गठनको तयारीमा रहेको बताएका छन् । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकाले आयोजना गरेको प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रदेश सरकारको आन्तरिक आय वृद्धिका लागि छुट्टै महाशाखा आवश्यक भएको बताउँदै महाशाखा गठन भएपछि राजश्व बाँडफाँट वापतको बजेट वृद्धि हुने उल्लेख गरे । उनले महाशाखा गठन पछि केही अर्ब राजश्व बढाउन सकिने बताए । नेपाली काङ्ग्रेस र एमाले बिचको सहमतिपछि बनेको सङ्घीय सरकारले आर्थिक सुधारका लागि धेरै काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, गत वर्ष १२ खर्बको लक्षमा १० खर्ब राजश्व सङ्कलन भएको थियो । चालु वर्ष १४ खर्बको लक्ष हो, १२ खर्ब पुर्याउन सरकार क्रियाशील छ ।
मुख्यमन्त्री कार्कीले बेलबारी नगरपालिकाले गरेको शैक्षिक प्रदर्शनीबाट छिमेकी पालिकाले समेत सिक्न सक्ने बताउँदै विद्यार्थीको उर्जा बढाउन, क्षमता वृद्धि गर्न र सीप सिकाउने सबै खाले कार्यक्रममा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले शिक्षक र गुरूहरूले विद्यार्थीलाई जति बढी समय दिनसक्यो ।
विद्यार्थी उत्ति नै बढी दक्ष भएर निस्कनेमा जोडदिँदै उनले विद्यार्थीलाई प्रयोगात्मक सीप प्रदान गर्ने कार्यक्रमहरू वार्षिक पात्रो बनाएर सञ्चालन गर्न आग्रह गरे । हरेक विद्यार्थीमा कुनै न कुनै क्षमता हुन्छ , तर त्यो क्षमता उजागर गर्न सकिरहेका हुँदैनन् । यसखाले प्रदर्शनीले विद्यार्थीलाई क्षमता प्रदर्शनको मौका मिल्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो ।
कोशी प्रदेशका सांसद गीता तिम्सिनाले बेलबारीलाई शैक्षिक हबको रुपमा विकसित गर्न तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताए । बेलबारी नगरपालिकाका नगर प्रमुख दीलप्रसाद राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक अजम्वर राई, बेलबारी –११ का वडाध्यक्ष विक्रम राई र भुपाल बस्नेतले बोल्नु भएको थियो । माघ ६ गते सम्म सञ्चालन हुने प्रदर्शनीमा बेलबारी नगर क्षेत्रका ३१ वटा सामूदायिक र ३६ वटा संस्थागत विद्यालयले विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:५५
काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...
मंसिर ३० गते, २०८२ - १७:५०
गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...
मंसिर ३० गते, २०८२ - १७:४८
सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमब...
मंसिर ३० गते, २०८२ - १७:४४
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकम...
मंसिर ३० गते, २०८२ - १७:४२
काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष...
मंसिर ३० गते, २०८२ - १७:३९
बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १०...
मंसिर ३० गते, २०८२ - १७:३६
राबात । मोरोक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । स्...
मंसिर ३० गते, २०८२ - १७:३४
किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई सातादेखिको तीव्र लडाइँका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भ...
मंसिर ३० गते, २०८२ - १७:३१
अस्ट्रेलिया । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व) मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत...
मंसिर ३० गते, २०८२ - १७:२८
संयुक्त राष्ट्र । संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले अष्ट्रेलियाको सिड्नीमा हनुक्का पर्वको अवसरमा भएको आतङ्कवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त...




प्रतिकृया लेख्नुहोस्: