Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भारत दुई भागमा विभाजित हुदैँ गरेकाे वैज्ञानिकहरुकाे खुलासा

खबरडबली संवाददाता

काठमाडौं  । विश्वको सबैभन्दा अग्लो हिमाल हिमालयको चुचुरोले जहिले पनि भूगर्भविद्हरुलाई अचम्ममा पारिरहेको छ । तर, हिमालयको आकाश छुने चुचुरोको जमिन मुनी भने लामो समयदेखि भूमिगत टकराव चलिरहेको छ ।

वास्तवमा भारतीय र यूरेशियन टेक्टोनिक प्लेटहरू बिस्तारै एक अर्काका बिचमा टकरावमा परिरहेका छन्। वास्तवमा ६ करोड वर्षअघि सुरु भएको यो भूगर्भीय टक्करले हिमालयका यी उच्च चुचुराहरू निर्माण भएका थिए ।

तर, हालैको एक अनुसन्धानबाट वैज्ञानिकहरूले भारतीय प्लेट टुक्रिरहेको खुलासा गरेका छन्। यसको सीधा अर्थ भारतको भूमिलाई दुई टुक्रामा विभाजनतर्फ गइरहेको छ भन्न सकिन्छ भन्ने हो । यसअघि पनि अफ्रिकासँग यस्तो घटना भएको थियो, जब अफ्रिका एसियाबाट अलग भएको थियो । त्यस समयमा भारतीय उपमहाद्वीपको केही भाग अफ्रिकासँग जोडिएको थियो।

वैज्ञानिकहरूले यूरेशियन र भारतीय प्लेटहरूको टक्करको परिणामको रूपमा यसको व्यवहारलाई लामो समयसम्म बहस गरेका थिए । बाक्लो समुद्री प्लेटको विपरीत, भारतीय प्लेट जस्ता महाद्वीपीय प्लेटहरू पृथ्वीको आवरणमा डुब्न प्रतिरोध गरिरहेका छन । तर, भर्खरको अनुसन्धानले वैज्ञानिकहरूलाई भारतीय प्लेटका केही भागहरू अलग हुन सक्ने खुलासा गरेका छन् ।

खासमा वैज्ञानिकहरूको यो सिद्धान्तलाई भूकम्पका तरंगहरू र तिब्बती मुहानहरूबाट प्राप्त ग्याँस नमूनाहरूको तथ्याङ्क विश्लेषण गरेर पत्ता लगाएका हुन् । साथै, भुटान नजिकैको एक प्रमुख क्षेत्रमा रिफ्टिङको प्रमाण भेटिएको छ, मेन्टल चट्टानहरू सम्भवतः शून्यमा बगिरहेका छन् भन्ने देखिएको छ ।

हेलियम आइसोटोपका संकेतहरू अनुसार प्लेट पृथकीकरणको कारणले म्यानटल चट्टानहरू उत्पन्न हुँदैछन्। वैज्ञानिकहरू विश्वास गर्छन् कि तातो ढुंगाका  सामग्रीले विभाजनले सिर्जना गरेको शून्य स्थान भर्ने काम गर्ने गर्छन ।

उट्रेच विश्वविद्यालयका भूगतिशास्त्री डोभ भ्यानले भने, ‘हामीलाई थाहा छैन कि महादेशहरूले यस्तो व्यवहार किन गरिरहेका हुन सक्छन् तर यी तथ्य र परिणामहरूले यस क्षेत्रमा टेक्टोनिक गतिविधि र भूकम्प जोखिमहरूको बारेमा नयाँ जानकारी प्रदान भने गरेको छ ।’ भारतीय प्लेटको विभिन्न मोटाई र संरचनाका कारण धेरै पटक दरार परिरहेको भौगर्भिकहरू विश्वास गर्छन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending