बागलुङ । नेपाल सरकारका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुलुकमा आथिक संकुचनका कारण सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले हरेक क्षेत्रमा आर्थिक संकट छाएको हुँदा जनताले चाहेअनुसारको विकास निर्माण गर्न नसकिएको बताए ।
बागलुङ नगरपालिका कार्यालय बागलुङले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अनुत्पादक रूपमा रहेका क्षेत्रहरूलाई स्थानीय सरकारले सदुपयोग गरी उत्पादनमुखी कार्यमा लगाउन आग्रहसमेत गरे ।
बागलुङ नगरपालिकाले पेस गरेको तीनबुँदे मागपत्रमाथि सम्बोधन गर्दै मन्त्री अधिकारीले हाल नगरपालिका रहेको तीन रोपनी जग्गालाई नगरपालिकाकै स्वामित्वमा ल्याउनका कृषि मन्त्रालयले गत भदौमा निर्णय गरेको बताए । उक्त फाइल मन्त्रिपरिषदमा पठाउनेसमेत जानकारी दिए । उनले अलपत्र बागलुङ नगरपालिका– ३ मा रहेको गोदामघरलाई उत्पादनमुखी काममा लगाउने प्रस्तावसमेत आग्रह गरे ।
मन्त्री अधिकारीले मध्यपहाडी क्षेत्र कृषि उत्पादनको महत्त्वपूर्ण क्षेत्र भएको पकेट, जोन क्षेत्र बनाउनका लागि आगामी नीति तथा कार्यक्रम ल्याउने जनाउँदै सम्भावित क्षेत्रको पहिचान गरी मन्त्रालयमा पठाउन आग्रह गरे ।
उनले तीन तहकै सरकारले समन्वय र सहकार्य गरेर देशलाई नै कृषिमा आत्मनिर्भर बनाउनुपर्ने धारणा राखे । मन्त्री अधिकारी बागलुङको जैमिनीमा आयोजित माघेसंक्रान्ति मेलामा सहभागी हुन आएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: