बागलुङ । नेपाल सरकारका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुलुकमा आथिक संकुचनका कारण सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले हरेक क्षेत्रमा आर्थिक संकट छाएको हुँदा जनताले चाहेअनुसारको विकास निर्माण गर्न नसकिएको बताए ।
बागलुङ नगरपालिका कार्यालय बागलुङले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अनुत्पादक रूपमा रहेका क्षेत्रहरूलाई स्थानीय सरकारले सदुपयोग गरी उत्पादनमुखी कार्यमा लगाउन आग्रहसमेत गरे ।
बागलुङ नगरपालिकाले पेस गरेको तीनबुँदे मागपत्रमाथि सम्बोधन गर्दै मन्त्री अधिकारीले हाल नगरपालिका रहेको तीन रोपनी जग्गालाई नगरपालिकाकै स्वामित्वमा ल्याउनका कृषि मन्त्रालयले गत भदौमा निर्णय गरेको बताए । उक्त फाइल मन्त्रिपरिषदमा पठाउनेसमेत जानकारी दिए । उनले अलपत्र बागलुङ नगरपालिका– ३ मा रहेको गोदामघरलाई उत्पादनमुखी काममा लगाउने प्रस्तावसमेत आग्रह गरे ।
मन्त्री अधिकारीले मध्यपहाडी क्षेत्र कृषि उत्पादनको महत्त्वपूर्ण क्षेत्र भएको पकेट, जोन क्षेत्र बनाउनका लागि आगामी नीति तथा कार्यक्रम ल्याउने जनाउँदै सम्भावित क्षेत्रको पहिचान गरी मन्त्रालयमा पठाउन आग्रह गरे ।
उनले तीन तहकै सरकारले समन्वय र सहकार्य गरेर देशलाई नै कृषिमा आत्मनिर्भर बनाउनुपर्ने धारणा राखे । मन्त्री अधिकारी बागलुङको जैमिनीमा आयोजित माघेसंक्रान्ति मेलामा सहभागी हुन आएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: