Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

उदयपुरको कटारीमा त्रिवेणी मेला सुरु

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको कटारी नगरपालिका– २ खोक्सामा २० दिन लाग्ने त्रिवेणी (मैनी) मेला सुरु भएको छ । ककरू, तावा र कमला नदीको संगमस्थल त्रिवेणीमा मैनी (त्रिवेणी) मेला माघेसंक्रान्तिदेखि २० दिनसम्मा लाग्ने मेला आज मंगलबारबाट सुरु भएको हो ।

ककरू, तावा र कमला नदीको संगममस्थल त्रिवेणीमा परापूर्वकालदेखि नै मेला लाग्दै आएको स्थानीय बुढापाकाको भनाइ छ । १० वर्षे सशस्त्र द्वन्द्वअघि माघ महिनाभरि लाग्ने मेला अहिले १५ दिन मात्र लाग्दै आएको थियो । यसपटक कटारी नगरपालिकाले २० दिन लगाउने गरी ठेक्का दिएको छ । 

दर्शन गर्न आउने भक्तजनले मुख्य गरेर कमला नदीको त्रिवेणीधाममा मकर नुहाएर पूजा तथा आराधना गर्दा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । कमला नदीमा पाठी, परेवा र हाँस बलि दिएर पूजा गर्ने र कमलेश्वर महादेव मन्दिरमा दुध चढाएर पूजा गर्ने प्रचलन छ । 

त्रिवेणी मेलामा उदयपुरबाहेक कोशी प्रदेशका सोलखुम्बु, ओखलढुंगा, खोटाङ  झापा, मोरङ, सुनसरी, मधेश प्रदेशका सिराहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, बागमती प्रदेशका चितवन, काभ्रे, सिन्धुलीसहित राजधानी काठमाडाैंबाट समेत ठुलो संख्यामा भक्तजन आउने गर्दछन् । यस्तै, भारतको बिहार, पश्चिमबंगाल, दार्जिलिङ, सिक्किमबाट समेत भक्तजन आउने गरेका छन् । 

कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले विगतमा १५ दिन मात्र लाग्ने मेला यसपटक २० दिन लगाउने गरी त्रिवेणी मेला व्यवस्थापनको जिम्मा कटारी नगरपालिका– २ मा रहेको चण्डीका सप्लार्यस एन्ड ट्रेर्डसलाई दिएको बताए । उनले भने, ‘हामीले मेलाको सम्पूर्ण जिम्मेवारी ठेक्कामार्फत चण्डीका सप्लार्यस एन्ड ट्रेर्डसलाई दिएका छौँ । मेलामा के गर्नुपर्ने ? के नगर्नुपर्ने त्यो सबै सम्झौतामा उल्लेख गरेर दिएका छौँ ।’ 

निरौलाका अनुसार यसपटक मेलामा घरेलु तथा साना उद्योग र हस्तकालाबाट उत्पादित सामानहरूको स्टल, स्थानीय परिकारका होटेल तथा खाजा घर, भाडा वर्तन, लत्ताकपडा, फेन्सी, घुमन्ते खेलौना, खाद्य सामग्री, कृषि उपजको बिक्री–वितरण हुने भएको छ । यसैगरी स्थानीय संस्कार–संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending