Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

उदयपुरको कटारीमा त्रिवेणी मेला सुरु

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको कटारी नगरपालिका– २ खोक्सामा २० दिन लाग्ने त्रिवेणी (मैनी) मेला सुरु भएको छ । ककरू, तावा र कमला नदीको संगमस्थल त्रिवेणीमा मैनी (त्रिवेणी) मेला माघेसंक्रान्तिदेखि २० दिनसम्मा लाग्ने मेला आज मंगलबारबाट सुरु भएको हो ।

ककरू, तावा र कमला नदीको संगममस्थल त्रिवेणीमा परापूर्वकालदेखि नै मेला लाग्दै आएको स्थानीय बुढापाकाको भनाइ छ । १० वर्षे सशस्त्र द्वन्द्वअघि माघ महिनाभरि लाग्ने मेला अहिले १५ दिन मात्र लाग्दै आएको थियो । यसपटक कटारी नगरपालिकाले २० दिन लगाउने गरी ठेक्का दिएको छ । 

दर्शन गर्न आउने भक्तजनले मुख्य गरेर कमला नदीको त्रिवेणीधाममा मकर नुहाएर पूजा तथा आराधना गर्दा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । कमला नदीमा पाठी, परेवा र हाँस बलि दिएर पूजा गर्ने र कमलेश्वर महादेव मन्दिरमा दुध चढाएर पूजा गर्ने प्रचलन छ । 

त्रिवेणी मेलामा उदयपुरबाहेक कोशी प्रदेशका सोलखुम्बु, ओखलढुंगा, खोटाङ  झापा, मोरङ, सुनसरी, मधेश प्रदेशका सिराहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, बागमती प्रदेशका चितवन, काभ्रे, सिन्धुलीसहित राजधानी काठमाडाैंबाट समेत ठुलो संख्यामा भक्तजन आउने गर्दछन् । यस्तै, भारतको बिहार, पश्चिमबंगाल, दार्जिलिङ, सिक्किमबाट समेत भक्तजन आउने गरेका छन् । 

कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले विगतमा १५ दिन मात्र लाग्ने मेला यसपटक २० दिन लगाउने गरी त्रिवेणी मेला व्यवस्थापनको जिम्मा कटारी नगरपालिका– २ मा रहेको चण्डीका सप्लार्यस एन्ड ट्रेर्डसलाई दिएको बताए । उनले भने, ‘हामीले मेलाको सम्पूर्ण जिम्मेवारी ठेक्कामार्फत चण्डीका सप्लार्यस एन्ड ट्रेर्डसलाई दिएका छौँ । मेलामा के गर्नुपर्ने ? के नगर्नुपर्ने त्यो सबै सम्झौतामा उल्लेख गरेर दिएका छौँ ।’ 

निरौलाका अनुसार यसपटक मेलामा घरेलु तथा साना उद्योग र हस्तकालाबाट उत्पादित सामानहरूको स्टल, स्थानीय परिकारका होटेल तथा खाजा घर, भाडा वर्तन, लत्ताकपडा, फेन्सी, घुमन्ते खेलौना, खाद्य सामग्री, कृषि उपजको बिक्री–वितरण हुने भएको छ । यसैगरी स्थानीय संस्कार–संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: