ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई सोमबार १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाएर बाँकी अचार जफत गरिएको छ । हामीले अहिले सचेतनाका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम १० हजार मात्रै जरिवाना गरिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भनिन् ।
ललितपुरको जिल्लाको संयुक्त बजार अनुगमन समितिमा उद्योग तथा वाणिज्य कार्यालय, नेपाल पत्रकार महासंघ लगायतका प्रतिनिधि थिए । सो टोलीले चापागाउँदोवाटोको मकवानपुर फष्टफुड र ए टु जेड स्टोरमा समेत अनुगमन गरी देखिएका कमजोरी सुधार्न सचेत गराएको छ ।
मकवानपुर फास्टफुडले स्थानीय तहमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको र ए टु जेड स्टोरले मूल्यसूची नराखेको पाइएपछि सचेत गराइएको अनुगमन समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले बताए ।
हरेक हप्ता फरक–फरक ठाउँमा छड्के बजार अनुगमन गर्दै आएको संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले यसअघि हात्तीवनस्थित अपार भेजिटेबल सस उद्योगलाई पचास हजार रुपैयाँ जरिवाना गराएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...
चैत्र २६ गते, २०८२ - १९:४०
काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन्। बजार व्यवस...


प्रतिकृया लेख्नुहोस्: