ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई सोमबार १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाएर बाँकी अचार जफत गरिएको छ । हामीले अहिले सचेतनाका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम १० हजार मात्रै जरिवाना गरिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भनिन् ।
ललितपुरको जिल्लाको संयुक्त बजार अनुगमन समितिमा उद्योग तथा वाणिज्य कार्यालय, नेपाल पत्रकार महासंघ लगायतका प्रतिनिधि थिए । सो टोलीले चापागाउँदोवाटोको मकवानपुर फष्टफुड र ए टु जेड स्टोरमा समेत अनुगमन गरी देखिएका कमजोरी सुधार्न सचेत गराएको छ ।
मकवानपुर फास्टफुडले स्थानीय तहमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको र ए टु जेड स्टोरले मूल्यसूची नराखेको पाइएपछि सचेत गराइएको अनुगमन समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले बताए ।
हरेक हप्ता फरक–फरक ठाउँमा छड्के बजार अनुगमन गर्दै आएको संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले यसअघि हात्तीवनस्थित अपार भेजिटेबल सस उद्योगलाई पचास हजार रुपैयाँ जरिवाना गराएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८२ - ११:१५
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक संकट चुलिएको छ। संविधानको धारा १६८(३) बमोजिम नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि प्रदेशको ...
कार्तिक २८ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आजपनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय...
कार्तिक २८ गते, २०८२ - १०:५७
काठमाडौं । जेनजीका प्रतिनिधि सुदन गुरुङले संगठनका माग पूरा नभइकन निर्वाचन असम्भव रहेको बताएका छन्। बिहीबार बिहान लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रह...
कार्तिक २८ गते, २०८२ - १०:३४
काठमाडौं । लेखक गणेशकुमार प्रधानद्वारा लिखित पुस्तक ‘हाम्रो साँघुटार बजार’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ। स्थानीय इतिहास, संस्कृति र समाजको अध्...
कार्तिक २८ गते, २०८२ - १०:३४
काठमाडौँ । देशभरका प्रमुख कम्युनिष्ट नेताहरूबीच वामपन्थी शक्तिलाई पुनः एकताबद्ध गर्ने प्रयास तीव्र बनेको छ। हालै सार्वजनिक गरिएको ‘एकतामा कम्युनिष्टहर...
कार्तिक २८ गते, २०८२ - १०:१५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालय भव...
कार्तिक २८ गते, २०८२ - १०:०७
बाजुरा । बाजुराका गाउँघरमा परम्परागत रूपमा पिठो र चामल पिस्न प्रयोग हुने ढुङ्गाको जाँतो अहिले लोप हुने अवस्थामा पुगेको छ। पहिलो पुस्ताका घरहरूमा जा...
कार्तिक २८ गते, २०८२ - १०:०३
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमे...
कार्तिक २८ गते, २०८२ - ०९:५९
समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन आग्रह
कार्तिक २८ गते, २०८२ - ०९:४६
काठमाडौँ । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण गरेका छन्। कार्तिक ...




प्रतिकृया लेख्नुहोस्: