Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

स्थानीय उदार बन्दा प्रदेश सरकार सँधै कन्जुस

खबरडबली संवाददाता

ओखलढुंगा   । सरकारको कार्यक्रमलाई स्थानीयवासीले साथ दिने तर सरकारले आफ्नै कार्यक्रम कार्यान्वयनमा गम्भीरता नदेखाउने प्रवृत्तिले ‘केही भएन’ भन्ने निराशा बढाउँदो रहेछ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सेलमा प्रादेशिक अस्पताल बनाउन १६६ रोपनी जग्गा उपलब्ध गराएका स्थानीयवासीको उमङ्गमा प्रदेश सरकारको व्यवहार तुषारापातसरह बनेको छ ।  

कोशी प्रदेशको माथिल्लो पहाडी चार वटा जिल्ला सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरलाई लक्षित गरेर प्रादेशिक अस्पताल बन्ने भनिएपछि टोक्सेलका ३४ जना स्थानीयवासीले १६६ रोपनी जग्गा उपलब्ध गराएका थिए । करिब चार वर्षअघि उक्त जग्गा प्रदेश सामाजिक विकास मन्त्रालयका नाममा स्थानीयवासीले निःशुल्क रजिस्ट्रेसन पास गरेर दिएका थिए । दाताले निःशुल्क जग्गा उपलब्ध गराए पनि प्रदेश सरकारबाट आवश्यक बजेट नआउँदा अस्पताल नबन्ने हो कि भन्ने आशङ्काले स्थानीयवासीलाई सताएको छ ।  

चिकित्सा शिक्षासमेत अध्ययनरअध्यापन गर्ने गराउने लक्ष्यसहित बन्न लागेको प्रादेशिक १५० शैय्याको अस्पतालका लागि निःशुल्क जग्गाको खोजी हुँदा स्थानीयवासी हर्षित हुँदै उब्जाउ बारी काटेर दिएको नयन गौतमले बताए  ।  हालसम्म प्रदेशबाट आएको ४५ लाख रुपैयाँले केही जग्गा सम्याउनेबाहेक अरू काम हुन नसकेकाले अब नबन्ने पो हो कि भन्ने आशङ्का सुरु भएको उनकाो भनाइ छ । 

जग्गा प्राप्तिसँगै अस्पतालको डिपिआरसमेत निर्माण भइसकेको प्रदेश सभाका पूर्वसांसद मोहनकुमार खड्काले बताए । तत्कालीन प्रदेश सरकारबाट विनियोजित २२ लाख रुपैयाँ बजेटले डिपिआर निर्माण भएको खड्काको भनाइ छ । उनका अनुसार दुई अर्ब रुपैयाँभन्दा बढी लागतमा चिकित्सा शिक्षालयसहितको प्रादेशिक अस्पताल निर्माण सम्पन्न हुने डिपिआर बनेको छ । मध्यपहाडी लोकमार्गनजिकै र चार÷पाँच वटा जिल्लाको पायक पर्ने स्थान भएकाले जसरी भए पनि प्रादेशिक अस्पताल बनाउन सबै जना लाग्नुपर्ने पूर्वसांसद खड्काको धारणा छ । 

पहाडी जिल्लामा सम्भावित सडक दुर्घटनामा परेकालाई उपचार गर्ने, स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रादेशिक अस्पताल बनाउने योजना ल्याइएको प्रदेश सभाका पूर्वसांसद खड्काले जानकारी दिए । 

अघिल्लो सरकारले ओखलढुङ्गामा प्रादेशिक अस्पताल बनाउने योजना ल्याएको र त्यसको निरन्तरता दिने विषयमा आफू लागिपरेको कोशी प्रदेशका पूर्वसभामुख बाबुराम गौतमल बताए  । “अस्पतालको करिब दुई अर्बको डिपिआर बनेको रहेछ, यत्रो धेरै बजेटको योजना सम्पन्न हुने सम्भावना छैन, लागत घटाएर भए पनि अस्पताल निर्माण गर्नु पर्छ,” पूर्वसभामुख गौतमले भने, “कुनै पनि हालतमा पहाडी क्षेत्रमा सुविधासम्पन्न अस्पताल बनाउन आवश्यक छ ।” 

वर्षमा तीन करोडको दरले बजेट विनियोजन भए पनि यो योजना सम्पन्न हुन करिब ३३ वर्ष लाग्ने पूर्वसभामुख गौतमको हिसाब छ । त्यसैले लागत घटाएर अस्पताल बनाउन आवश्यक रहेको उनको तर्क छ । 

प्रादेशिक अस्पताल निर्माणका लागि जग्गाको व्यवस्था भइसकेको अवस्थामा जसरी भए पनि प्रदेश सरकारमार्फत योजना सम्पन्न गर्नुपर्ने सङ्घीय सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए । “प्रदेशले अस्पताल निर्माण गर्न नसक्ने भए नसक्ने निर्णय गरोस्, सङ्घबाट काम गर्ने पहल गरिन्छ,” सभापति खतिवडाले भने, “जनताको जग्गा अधिग्रहण गरेर त्यत्तिकै छोड्न मिल्दैन ।” बहुसङ्ख्यक पहाडी जिल्लाका नागरिक प्रत्यक्ष लाभान्वित हुने गरी बन्न लागेको प्रादेशिक अस्पताल निर्माणको योजना जसरी भए पनि सङ्घ र प्रदेश मिलेर पूरा गर्नुपर्ने खतिवडाको भनाइ छ । 

अस्पताल निर्माण सम्पन्न भएमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर र सिन्धुलीसहितका पूर्वी क्षेत्रका नागरिकले हाल भोग्दै आएको स्वास्थ्य समस्या केही हदसम्म सहज हुने विश्वास गरिएको छ । यस क्षेत्रका नागरिकले विशेषज्ञ चिकित्सकको सेवा लिन काठमाडौँलगायतका सहर पुग्नुपर्ने बाध्यता छ । 

१५० शय्याको अस्पताल बनाउनका लागि प्रदेश सरकारका अनुसार स्थानीयले १६६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको तर प्रदेश तथा सङ्घका सांसदहरूले भने आस्वसन मात्र बाँड्दै कुनै सहयोग नगरेको गुनासो छ । अस्पतालको डिपीआर अनुसार निर्माणका लागि ८९ करोड ५२ लाख ५४ हजार ६२७ रुपियाँ लागत लाग्ने छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending