Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

मनाङको नासोँ गाउँपालिकाकाे दानाखोलामा जलविद्युत आयोजना निर्माण हुने

खबरडबली संवाददाता

मनाङ । मनाङको नासोँ गाउँपालिकामा अवस्थित दानाखोलामा लालुपाते हाइड्रोपावर कम्पनीले ४९ दशमलव ९५ मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । ६ वटा बैंकहरुको नेतृत्व गर्दै सानिमा बैंकसँग लालुपाते हाइड्रोपावर कम्पनिले वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । दानाखोला जलविद्युत आयोजना निर्माणको अवधि ३३ महिना रहेको छ ।

कुल ९९६ करोड रुपियाँ लगानीमा निर्माण हुने आयोजनामा ७४७ करोड विभिन्न बैंकहरुबाट ऋण, प्रवर्तकबाट २४९ करोड लगानी रहने बताइएको छ । कुल लगानीको २४.९ करोड स्थानीयका लागि शेयर जारी गरिने, स्वपुँजीको ४९.८ करोड र स्थानीय सर्वसाधारणबाट ७४.७ करोड रुपियाँ संकलन गरिने कम्पनिले जनाएको छ । 

लालुपाते हाइड्रो पावर प्रोजेक्टको प्रमुख केन्द्र मनाङको नाचै गाउँमा रहेको र त्यहाँसम्म पुग्ने सडक अझ बनेको छैन । सडक निर्माण कार्य हालै मात्र सुरु भएको छ । मनाङका सांसद टेकबहादुर गुरुङले नाचैसम्म पुग्ने खोत्रो–नाचै सडक निर्माणमा कम्पनिलाई सहयोग गर्न आग्रह गरे । सडक निर्माण चाँडै सम्पन्न भएमा हाइड्रोपावर आयोजना निर्माण कार्य पनि समयमै सुरु हुने उनले बताए । 

सांसद गुरुङले कुनै पनि योजना निर्माण गर्न सडक नभइ नहुने र विकासको योजना गर्दा मुख्यतः सडक नै प्राथमिकतामा आउने बताउँदै भने, ‘सडक राम्रो भएन भने आयोजनाहरु समयमै सम्पन्न हुन सक्दैन । लगानी पनि बढ्छ ।’ 

सांसद गुरुङले मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीले लमजुङको खुदीदेखि मनाङको कोतोसम्मको ५० किलोमिटर सडक विस्तार र स्तरोन्नतिको काम सुरु गरेको जानकारी दिँदै भने, ‘ठूला निर्माण सामग्री बोकेका सवारीसाधन निर्माण स्थलसम्म आउन सकेका छन् । त्यसैले लालुपातेले पनि खोत्रो–नाचै सडक निर्माणमा सहयोग गर्नेछ भन्ने अपेक्षा गरेको छु ।’ नासोँ गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले दानाखोला जलविद्युत आयोजना गाउँपालिकाको सम्पत्ति भएको भन्दै निर्धारित समयमै बिनाअवरोध निर्माण कार्य सम्पन्न गर्न व्यक्तिगत र स्थानीयको सधैं साथ सहयोग रहने बताए । गाउँपालिका प्रमुख गुरुङले कम्पनीले इआई, पीपीए र सार्वजनिक सुनुवाइ कार्यक्रममा व्यक्त गरेका प्रतिद्धताहरु अक्षरशः पालना हुनुपर्नेमा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending