Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

मेला र महोत्सवमा आयतित वस्तु बिक्री गर्नु हुँदैनः मन्त्री पौडेल

खबरडबली संवाददाता

तनहुँ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेला तथा महोत्सवमा आयतित समान बिक्री नगर्न आग्रह गरेका छन् । 

तनहुँ उद्योग वाणिज्य संघको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा सुरु भएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा शनिबार सम्बोधन गर्दै मन्त्री पौडेलले सो आग्रह गरेका हुन् । मन्त्री पौडेलले भने, ‘स्वदेशी वस्तु बिक्री भएमात्रै देश धनी बन्छ । आयातित सामग्री बिक्री गरेर फाइदा हुँदैन ।’

कृषिमा यान्त्रिकरण गरी उत्पादन बढाउने र बजारीकरण गरेर नेपालीको जीवनस्तर माथि उठाउन सकिने उनको भनाइ छ । मेला, महोत्सवको माध्यमबाट बजारीकरण गर्ने, स्थानीय उत्पादनले पर्यटकीय बजारमा स्थान पाउने अवस्था भए जीवनस्तर उकास्न मद्दत पुग्ने उनले बताए । 

तनहुँ महोत्सवमा स्थानीय उत्पादनलाई बजारीकरण गर्न कृषि र पर्यटनलाई प्राथमिकता दिएको देख्दा खुसी लागेको उनले बताए । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, भाषा, साहित्य र संस्कृतिको संरक्षणमा टेवा पुग्ने हुँदा निरन्तरता दिइनु पर्ने पौडेलले बताए । 

तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक बैकुण्ठनाथ मिश्रले बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोत्ताले महंगो मूल्यमा किन्नुपर्ने बाध्य भएकोले किसानलाई संरक्षण गर्न टेवा पुर्‍याउन महोत्सवमा कृषिलाई प्राथमिकता दिएको बताए । 

किसानलाई स्टलको पैसा तिर्न नपर्ने र उत्कृष्टलाई पुरस्कारको व्यवस्था गरिएको मिश्रले बताए । पुस २५ गतेदेखि सुरु भएको महोत्सव माघ ७ गतेसम्म हुने आयोजकले जनाएको छ । कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नुका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending