Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने गरी रवि रिहा

खबरडबली संवाददाता

काठमाडाैं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने गरी रिहा गरिएको छ । 

कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफैँ उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको  थियो । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस हुँदै आएको थियो । 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा लामिछानेमाथि मुद्दा दायर भएको थियो ।  रवि ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् । आदेशमा भनिएको छ, ‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।’

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकको राति काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्‍याएको थियो । भोलिपल्ट शनिबार परेकाले ४ गते आइतबार मात्र म्याद लिनका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो । त्यसयता पटकपटक म्याद थप्दै हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले सात पुसमा उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीनवटा मुद्दा दर्ता गराएको थियो । 

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँँच रुपैयाँ बिगो दाबी गरेको छ । त्यसयता अदालतमा अभियुक्तहरूको बयान तथा वादी र प्रतिवादीको तर्फका वकिलको थुनछेक बहस चलिरहेको थियो । 

सहकारी समस्याबारे छानबिन गर्न सत्तारुढ नेकपा एमालेका सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा बनेको संसदीय विशेष समितिले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकम अपचलनमा लामिछानेलाई दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो । तत्कालै मन्त्रिपरिषद् बैठकले संसदीय समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएपछि कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो । 

त्यसक्रममा प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले ६ असोजमा ‘जरुरी पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । पोखराको सूर्यदर्शनसमेतका सात सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय समितिको अनुसन्धानबाट खुलेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चेलिबेटी बेचबिखनमा २० वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडाैं । चेलिबेटी बेचबिखनमा २० वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विरगञ्ज नगरपालिका १९ का ४५ वर्षीय सुरेश प्रसाद कलवारलाई प्रहर...

नाइजेरियाका राष्ट्रपतिद्वारा अपहरण गरिएका सय भन्दा बढी विद्यार्थीको उद्धारको पुष्टि

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजरियाको एक विद्यालयमा आक्रमण गरी सयौं विद्यार्थी र शिक्षकहरूलाई अपहरण गर्ने सन्दिग्ध आतङ्ककार...

आगामी मंसिर २६ गते नेकपा उदयपुरकाे एकता सन्देशसभा

उदयपुर । विभिन्न बामपंथी शक्तिहरुकाे एकताबाट बनेकाे नेपाली कम्युनिस्ट पार्टी उदयपुरकाे एकता सन्देशसभा आगामी मंसिर २६ गते आयाेजना हुने भएकाे छ । नेप...

उदयपुरमा दोस्रो दनुवारी खाना–परिकार सांस्कृतिक उत्सव मंसिर २५ देखि २७ गतेसम्म

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ स्थित बैरेनीचौरमा यस वर्ष राष्ट्रिय न्वागी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना–परिकार तथा सांस्कृतिक उत्सव तीन...

नवलपुरकाे सिजीमा करेन्ट लागेर एक जना मजदुर घाइते

नवलपुर । नवलपुरको देबचुली नगरपालिका २ सिजी फुड्स प्रालिमा मंगलबार विहान एक जना मजदुर घाइते भएका छन् ।  सिजी फुड्स प्रालिमा स्टिमको पाइपलाइन बनाउने ...

दक्षिण कोरियाका राष्ट्रपति ऐतिहासिक ‘ब्लू हाउस’मा फर्कने प्रक्रिया सुरु

सियोल । दक्षिण कोरियाका राष्ट्रपति ली जाई म्युङ र उनको टोलीले सियोलस्थित ऐतिहासिक ब्लू हाउसबाट पुनः राष्ट्रपतिको दैनिक कामकारबाही सञ्चालन गर्ने भएको छ...

दाेलखामा हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

दोलखा । दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गत निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार...

अब एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने

काठमाडौँ । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमब...

पाकिस्तानका लागि आईएमएफबाट थप १.२ अर्ब डलर ऋण स्वीकृत

पाकिस्तान ।  पाकिस्तानले मङ्गलबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आफ्नो आर्थिक पुनरुत्थान र सुधार कार्यक्रमलाई सहयोग गर्न थप १.२ अर्ब डलर ऋण ज...

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

सिन्धुली । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending