बारा । बारा, पर्सा र रौतहटमा सोमबार घाम लागेको छ । घाम लागेछि सर्वसाधारणको दैनिकी राम्रो बनेको छ । करिब दुई साताअघि सुरु भएको शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढ्दै गएपछि यहाँको जनजीवन कष्टकर बनेको थियो ।
केहिदिन देखि निरन्तर चलेको शीतलहर र चिसोबाट प्रभावित स्थानीयहरुले घाम लागेपछि राहत महशुस गरिएको बाराका निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
चिसोले गर्दा सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, मजदुर र ठेलारिक्सा चलाएर दैनिकी चलाउने सर्वसाधारण धेरै प्रभावित बनेका थिए । चिसो बढेकै कारण केहि विद्यालयमा जाडो बिदा गरिएको थियो भने, स्थानीय सरकारले पालिकामा आगो ताप्नका लागि दाउरा वितरणगर्ने योजना बनाएको थियो ।
उनले भने, ‘‘बढ्दै गएको चिसोलाई मध्य नगरगर्दै नेपाली सेनाले बाराका बिभिन्न स्थानमा न्यानो कपड वितरण गर्दै आई रहेको बताए । आजको घाम लागेपछि अब, केहि राहत भएको छ ।’’ घाम लागेपछि सबैलाई धेरै नै राहत पुगेको, बालबालिकाहरु फिल्ड्मा खेले, बृद्धबृद्धाहरु र बिरामीहरुलाई आजको धामले थप सहयोग भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले जानकारी दिए ।
लगातारको चिसोले लगाउदै आएको कपड फोहोर भएपछि प्रायःघरमो छतमा कपड सुकाउने गरिएको दृश्य देखिएको उनले भने । यसैगरी चिसोबाट ग्रसित भएकाहरुलाई आजको घाम धैरै नै फाईदा गरेको नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंजका चिकित्सक डा.राकेश तिवारीले बताए । आजको दिन जस्तै आउने दिनमा घाम लागेपछि सबैले यसबर्षको जाडेबाट छुट्टकारा हुने उनले बताए ।
आजको तापक्रम अन्य दिनको तुलनामा सबै भन्दा बढी देखिएको जल तथा मौसम विज्ञान बिभाग फिल्ड कार्यालय सिमरा बाराले जनाएको छ । सोमबार बिहानैदेखि मौसम सफा रहेको तथा वायुको प्रभावपनि नरहेको सो कार्यालयका मौसम अवलोकनकर्ता मधुकुमारी मिश्राले बताइन ।
सामेबार दिउँसोको अधिकतम तापक्रम २६.७ रहेको थियो भने, न्युनतम १२ डिग्रीसेल्सियस रहेको थियो । आइतबार १७.७ अधिकतम र न्युनतम ९.२ रहेको उनले बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: