Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

उदयपुरमा उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा सुरु

खबरडबली संवाददाता

उदयपुर । ऐतिहासिक गढी तथा किल्लाको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा सुरु भएको छ । नेपाली सेनाले ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पदयात्रा सुरु गरेको हो ।

उदयपुरको बोक्सेस्थित पशुपतिप्रसाद गणको पिपलटार व्यारेकको आयोजनामा आइतबार एक समारोहबीच उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा सुरु गरिएको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले पुस २१ देखि २७ गतेसम्म ऐतिहासिक स्थल उदयपुरगढीदेखि अर्को ऐतिहासिक स्थल चौदण्डीगढीसम्मको ९१ किलोमिटर महाभारत पदयात्रा सुरु गरेको छ । 

उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर र नेपाली सेना १८ नम्बर बाहिनीपति सहायक रथी गौरव गुरुङले पदयात्रामा संलग्न टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै पदयात्रा सुरु गरेका थिए । ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण र संवर्द्धनका लागि जनचेतना जगाउने नेपाली सेनाले पदयात्रा आयोजना गरेको पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्लेले बताए ।

गणपति वाग्लेका अनुसार पदयात्राको माध्यमबाट जनचेतना जगाउने तथा उदयपुरगढी र चौदण्डीगढीको ऐतिहासिक पुरातात्विक वस्तु संरक्षण र गढीको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ । ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र सर्वसाधारणहरुको सहभागिता रहने छ । यसले पर्यटन प्रवर्धनसमेत हुनेछ,’ गणपति वाग्लेले भने, ‘पदयात्रा साथै विद्यालय स्तरमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको बारेमा हाजिरी जवाफ, वक्तृत्वकला, निबन्धलेखन र कवितावाचन प्रतियोगिता संचालन हुने छ ।’

इतिहास संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विषयवस्तुमा उदयपुरगढी गाउँपालिकाको पंचावती माध्यमिक विद्यालयमा अन्तर माध्यमिक तहस्तरीय हाजिरीजवाफ, रौतामाई गाउँपालिकाको रौता जनता मावि बोलुङखामा निवन्धलेखन प्रतियोगिता, त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका स्थित गाईघाटमा कक्षा ११ र १२ स्तरीय वक्तृत्वकला प्रतियोगिता र चौदण्डीगढी नगरपालिकाले कविता वाचन प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

पदयात्राको क्रममा बाटोमा पर्ने गाउँबस्ती र विद्यालयहरुमा भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्दै जाने बताइएको छ । यात्रा पूरा हुँदा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी चार पालिकाको भ्रमण हुनेछ । कार्यक्रमका लागि पालिका अध्यक्षहरु, गणपती, होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष, जिल्ला साइकल संघका अध्यक्ष र नेपाल पत्रकार महासंघ उदयपुरको अध्यक्षसहितको समिति बनेको छ ।

यात्राको पहिलो दिन उदयपुरगढीमा उद्घाटन गरी डुम्रेमा बास बस्ने, दोस्रो दिन सोही पालिकाको ढुङ्ग्रे (भिरगाउँ)मा बास बस्ने छ । तेस्रो दिन रौतामाईको पुवारे भञ्ज्याङमा एकरात बसेर चौथोदिन रौता पोखरीमा बास बस्नेछ । त्यसैगरी पाँचौदिन त्रियुगा नगरपालिकाको निपानेमा, छैटौ दिन चौदण्डीगढीको सिम्लेमा र सातौदिन विरेन्द्रबजार हुँदै चौदण्डीगढीमा पुगेर कार्यक्रम समापन हुनेछ । यात्रा तालिकाअनुसार दैनिक पाँचदेखि पन्ध्र किलोमिटरसम्म दुरी पार गरिने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: