Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

उदयपुरमा उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा सुरु

खबरडबली संवाददाता

उदयपुर । ऐतिहासिक गढी तथा किल्लाको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा सुरु भएको छ । नेपाली सेनाले ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पदयात्रा सुरु गरेको हो ।

उदयपुरको बोक्सेस्थित पशुपतिप्रसाद गणको पिपलटार व्यारेकको आयोजनामा आइतबार एक समारोहबीच उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा सुरु गरिएको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले पुस २१ देखि २७ गतेसम्म ऐतिहासिक स्थल उदयपुरगढीदेखि अर्को ऐतिहासिक स्थल चौदण्डीगढीसम्मको ९१ किलोमिटर महाभारत पदयात्रा सुरु गरेको छ । 

उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर र नेपाली सेना १८ नम्बर बाहिनीपति सहायक रथी गौरव गुरुङले पदयात्रामा संलग्न टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै पदयात्रा सुरु गरेका थिए । ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण र संवर्द्धनका लागि जनचेतना जगाउने नेपाली सेनाले पदयात्रा आयोजना गरेको पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्लेले बताए ।

गणपति वाग्लेका अनुसार पदयात्राको माध्यमबाट जनचेतना जगाउने तथा उदयपुरगढी र चौदण्डीगढीको ऐतिहासिक पुरातात्विक वस्तु संरक्षण र गढीको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ । ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र सर्वसाधारणहरुको सहभागिता रहने छ । यसले पर्यटन प्रवर्धनसमेत हुनेछ,’ गणपति वाग्लेले भने, ‘पदयात्रा साथै विद्यालय स्तरमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको बारेमा हाजिरी जवाफ, वक्तृत्वकला, निबन्धलेखन र कवितावाचन प्रतियोगिता संचालन हुने छ ।’

इतिहास संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विषयवस्तुमा उदयपुरगढी गाउँपालिकाको पंचावती माध्यमिक विद्यालयमा अन्तर माध्यमिक तहस्तरीय हाजिरीजवाफ, रौतामाई गाउँपालिकाको रौता जनता मावि बोलुङखामा निवन्धलेखन प्रतियोगिता, त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका स्थित गाईघाटमा कक्षा ११ र १२ स्तरीय वक्तृत्वकला प्रतियोगिता र चौदण्डीगढी नगरपालिकाले कविता वाचन प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

पदयात्राको क्रममा बाटोमा पर्ने गाउँबस्ती र विद्यालयहरुमा भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्दै जाने बताइएको छ । यात्रा पूरा हुँदा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी चार पालिकाको भ्रमण हुनेछ । कार्यक्रमका लागि पालिका अध्यक्षहरु, गणपती, होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष, जिल्ला साइकल संघका अध्यक्ष र नेपाल पत्रकार महासंघ उदयपुरको अध्यक्षसहितको समिति बनेको छ ।

यात्राको पहिलो दिन उदयपुरगढीमा उद्घाटन गरी डुम्रेमा बास बस्ने, दोस्रो दिन सोही पालिकाको ढुङ्ग्रे (भिरगाउँ)मा बास बस्ने छ । तेस्रो दिन रौतामाईको पुवारे भञ्ज्याङमा एकरात बसेर चौथोदिन रौता पोखरीमा बास बस्नेछ । त्यसैगरी पाँचौदिन त्रियुगा नगरपालिकाको निपानेमा, छैटौ दिन चौदण्डीगढीको सिम्लेमा र सातौदिन विरेन्द्रबजार हुँदै चौदण्डीगढीमा पुगेर कार्यक्रम समापन हुनेछ । यात्रा तालिकाअनुसार दैनिक पाँचदेखि पन्ध्र किलोमिटरसम्म दुरी पार गरिने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending