Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो: नैनसिंह महर

खबरडबली संवाददाता

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दा पछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताएका छन् । 

नेपाल मुस्लिम संघको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई आज पोखरामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् । कांग्रेसको सरकार सञ्चालनका लागि बनेको संयन्त्रले पर्दा पछाडि प्रभावकारी काम गर्न नसकेको र त्यसलाई गतिशील बनाउनुपर्ने उनले औंल्याए । 

'आम कार्यकर्ता र जनताको भावनामा रहेको संयन्त्रले काम गर्न सकेको छैन । कांग्रेसको ओज र स्टेन्थलाई बराबर राख्न संयन्त्रले बढी ध्यान दिनुपर्छ । टुलुटुलु हेरेर बस्नु भएन । कांग्रेसको ओज घटाउन हुन्न भनेर गम्भीर बन्नुपर्‍यो,' कार्यक्रम स्थलमा रहेका महामन्त्री गगन कुमार थापाप्रति इंगित गर्दै महरले भने ।

गठबन्धन र देशको भावना विपरीत कुरामा कांग्रेसको संयन्त्रले सरकारसँग डिभेड गर्न सक्नुपर्ने उनको भनाइ छ । 'सरकारसँग संयन्त्रले धेरै डिभेड गर्न नसकेको देशभरका साथीहरूको ठम्याइ छ । त्यसैले कांग्रेसको ओज र स्थितिलाई मध्यनजर गर्दै सम्मानको शक्ति सन्तुलन हुनुपर्छ । यसमा शीर्ष नेतृत्वको ध्यान पुगोस्,' उनले भने ।

यसका साथै समावेशिताको पूर्ण कार्यान्वयनका संविधानको अक्षरशः पालना हुनुपर्ने महरले बताएका छन् । संविधानले सबै जातजाति, समुदायका मानिसको अधिकार सुनिश्चित गरेको बताउँदै महरले त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

'संघीयताभित्रको समावेशिता कार्यान्वयनका लागि संविधानको अक्षरशः पालना हुनुपर्छ । आवश्यक कानुन तयार पारिनुपर्छ । त्यसका लागि कांग्रेसले पहल कदमी चाल्नुपर्छ । समावेशिताको आशय र मानसिकता अनुसार राजनीतिक दलहरूले काम गर्नुपर्छ,' उनले भने । उनले यस्तो गर्न सके मात्र सबैलाई संघीयता र समावेशिताप्रतिको विश्वास बढ्ने बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending