Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

दाेलखाकाे चेम्बर अफ कमर्सकाे अध्यक्षमा बुढाथोकी

खबरडबली संवाददाता

दाेलखा । चेम्बर अफ कमर्स दोलखाको अध्यक्षमा युवा व्यवसायी रुद्रजंग बुढाथोकी सहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।  शनिबार सम्पन्न छैटौं साधारणसभा एवं तेस्रो जिल्ला अधिबेशनको बन्दसत्रले अध्यक्ष बुढाथोकीसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

समितिको बरिस्ठ उपाध्यक्षमा पुरुषोत्तम ठकुरी, प्रथम र द्वितीय उपाध्यक्षमा क्रमश राजकुमार खड्का र लिला बहादुर केसी चयन भएका छन् ।  संस्थाको महासचिवमा रामकृष्ण श्रेष्ठ, सचिब कृष्ण नेपाली, कोषाध्यक्षमा भरत बस्नेत र सहकोषाध्यक्षमा पबित्रा केसी  सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य नवराज शिवाकोटीले जानकारी दिए ।  उनका अनुसार सर्वसम्मत चयन भएका कार्यसमिति सदस्यहरुमा नबराज खतिवडा, कुमार कार्की, बिनोद जिरेल, सिर्जना कुसुले, सागर प्रधान, सुनिना श्रेष्ठ, रोशन श्रेष्ठ र भिषा श्रेष्ठ छन् । 

निर्विरोध निर्वाचित कार्यसमिति लाई चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष कमलेश कुमार अग्रवाल र बरिस्ठ उपाध्यक्ष दिपक मलहोत्राले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । 
कार्यक्रममा केन्द्रीय अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको ओरालो यात्राका बेला व्यवसायीका धितो लिलामी प्रकृयामा जान बैंक तथा वित्तिय संस्थालाई रोक्नुपर्ने बताएका छन् । आर्थिक बोझले थलिएका ब्यवसायीहरुलाई उल्टै तनाब दिन भएको धितो समेत लिलाम गर्नु अन्यायपूर्ण भएको बताउदै तत्काल धितो लिलाम गर्ने काम रोक्न सरकारले विधिवत प्रकृयाको थालनी गर्नुपर्ने बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending