Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

प्रधानमन्त्री ओलीद्वारा ङिमदोर्जी शेर्पा पर्यटन सडककाे उद्घाटन

खबरडबली संवाददाता

सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु  गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को कालोपत्रे छिट्टै हुने बताएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को उद्घाटनका अवसरमा सुर्के पुगेका प्रधामन्त्री ओलीले तेन्जिङ हिलारी विमानस्थल लुक्लाले सहज बनाएको खुम्बुको पर्यटन व्यवसाय अहिले सञ्चालनमा आएको सडकले थप सहज भएको उल्लेख गरे । 

तेन्जिङ नोर्गे शेर्पा, पासाङल्हामु शेर्पालगायत ३० औं पटक सगरमाथाको आरोहण गर्ने साहसीको जिल्ला भएको भन्दै उनले अब यस क्षेत्रको विकास र प्रगति हुने विश्वास विश्वास व्यक्त गरे । उक्त अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूती तथा प्रथम नेपाली सगरमाथा आरोही पासाङल्हामु शेर्पाको घर समेत अवलोकन गरेका थिए । 

प्रधामन्त्री ओलीले भने, ‘‘हिउँ विश्वका धेरै स्थानमा पर्छ तर हिमालको हिउँले प्राकृतिक सन्तुलन कायम राख्नबेग्लै महत्त्व राख्दछ ।’ आगलागी तथा विभिन्न मानवीय गतिविधिले हुने प्रदूषणका  कारण हिमाल सङ्कटमा पर्दै गएको भन्दै यसलाई रोक्न विश्व समुदायसँग समेत आफूले हरेक फोरममा कुरा उठाउने गरेको उनको भनाइ छ । 

विश्वलाई शीतलता प्रदान गर्ने अग्ला हिमाल कालापत्थर हुनु दुःखद भएको भन्दै सबै संवेदनशील हुनुपर्नेमा उनले जोड दिए । उनले विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको विश्वको सर्वाेच्च शिखर रहेको खुम्बु क्षेत्रको विकासमा नेपाल सरकार लागि पर्ने बताए । 

सडक उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहालले अन्तर्राष्ट्रिय नाका जोड्ने, पर्यटकीय क्षेत्र जोड्ने तथा जनताका स्थानीय उत्पादन बजारसम्म लैजान आवश्यक स्थानका सडक निर्माणमा मन्त्रालयले विशेष प्राथमिकता राख्ने गरेको बताए । 

त्यस्तै, रक्षामन्त्री मानवीर राईले जलविद्युत् र पर्यटनमा प्रचुर सम्भावना बोकेको सोलुखुम्बुको सर्वाङ्गिण विकासमा वर्तमान सरकार लागि परेको बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो पर्यटन सडक नेपालको होचो स्थान कचनाकवललाई विश्वको उच्च स्थानमा जोड्न उपयोगी हुने भन्दै पूर्वाधार विकासमा प्रदेश सरकारले ठोस योजना अगाडि सार्ने प्रतिबद्धता व्यक्त गरे । 

खुम्बु पासाङल्हामु गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि खुम्बु पासाङल्हामु वडा नं. १ खरिखोलाबाट वडा नं. २ सुर्केसम्म ट्रयाक खन्न सुरु भएको २५ किलोमिटर सडक करिब १६ करोड रुपियाँको लागतमा निर्माण भएपछि पर्यटकीय पदमार्ग सञ्चालनमा आएको हो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ । 

थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत १० करोड ५२ लाख रुपियाँमा निर्माण सम्पन्न भएको छ । जसमा ५० प्रतिशत लगानी गाउँपालिकाको छ भने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक छ करोड १४ लाख रुपियाँको लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरेको हो । सदरमुकाम सल्लेरीबाट ६४ किलोमिटर दुरीमा सुर्के रहेको छ । 

बाटो खुलेसँगै अहिले दैनिक बस, सुमो र बलेरोले यात्रुलाई लुक्लामुनिको सुर्केसम्म पुर्‍याउने गरेका छन् । सुर्केबाट लुक्ला विमानस्थल एक घण्टाको पैदल दूरीमा पर्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending