उदयपुर । खोटाङ र उदयपुर जोड्ने सगरमाथा लोकमार्गअन्तर्गत सुनकोशी नदीको फोक्सिनटारमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजना कार्यालयका प्रमुख डि.ई पशुपति ज्ञवालीका अनुसार बेलिब्रिज जडानको काम ८० प्रतिशत सकिएको छ ।
‘अब केही दिनमै हामी बेलिब्रिजबाट गाडी गुडाउने तयारीमा छौँ । बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने । गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु गरिएको थियो ।
सगरमाथा लोकमार्गबाट उदयपुर–खोटाङ जोड्ने फोक्सिनटारको पक्की पुल बाढीले बगाएपछि सीधा यातायात अवरुद्ध बनेको थियो । उदयपुरको रौतामाई गाउँपालिका– ५ फोक्सिनटार र खोटाङको खोटेहाङ गाउँपालिका– ९ को लिच्कीराम्चेबिचमा पर्ने सुनकोशीमा अहिले सीधा यातायात सञ्चालनका लागि बेलिब्रिज निर्माण भइरहेको छ ।
ज्ञवालीका अनुसार आर्यन कन्स्ट्रक्सन मल्टिपर्पोज प्राइभेट लिमिटेडले एक करोड दुई लाख ९४ हजार ६७७ रुपैयाँ ७८ पैसामा ठेक्का लिएर काम गरिरहेको छ । पुसको पहिलो हप्ताबाट बेलिब्रिज जडानको काम सुरु भएको थियो ।बेलिब्रिजका सामग्री पुरानै अवस्थामा फोक्सिनटारमा भएकाले निर्माण कार्य छिटो सम्पन्न भएको प्रमुख ज्ञवालीको भनाइ छ ।
०७९ पुसमा सञ्चालनमा आएको आर्क डिजाइनको पक्की पुल बाढीले भत्काएपछि स्थानीयले झोलुङे पुल प्रयोग गर्दै आएका थिए । अब अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै यात्रुहरूको समस्या समाधान हुने अपेक्षा गरिएको छ । यद्यपि, स्थायी पक्की पुल निर्माण नहुँदासम्म हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्षातकाे समयमा झिक्ने हुँदा फेरि वर्षाको समय सुरु हुनासाथ उदयपुर र खोटाङ जिल्लाको सीधा यातायात आवागमन बन्द हुनेछ ।
हिउँदमा जसोतसो बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सीधा यातायात जोडिए वर्षामा पुनः समस्या हुने भन्दै खोटाङवासीले सरकारलाई स्थायी पुल निर्माण गर्न माग गर्दै आइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: