काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धानबाली उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ ।
गत आवको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी उत्पादन हुने मन्त्रालयका प्रवक्ता डा.मतिना जोशी वैद्यले जानकारी दिइन् । ‘वर्षे र चैते दुवै गरी कूल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान छ, जुन गत आवको तुलनामा एक दशमलव २८ प्रतिशतले कम हो’, उनले भनिन् ।
औसत उत्पादकत्व ४.१९ मेट्रिकटनप्रति हेक्टरमा पुगी हालसम्मको उच्च बिन्दु कायम भएको छ । प्रदेशगत रुपमा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादन वृद्वि भएको छ । बाँकी तीन प्रदेशमा उत्पादन वृद्वि नकारात्मक रहन गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो विश्लेषणअनुसार रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कम हुँदा समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको हो ।
त्यसैगरी नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखापरी उत्पादनमा कमी आएको र लमजुङमा धानबालीको क्षेत्रफलमा कमी हुँदा उत्पादन घटेको प्रवक्ता वैद्यले जानकारी दिइन् । पछिल्ला वर्षमाझैँ यसवर्ष पनि चैते धानको उत्पादकत्व वर्षे धानको तुलनामा बढी छ ।
चालु आवमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय भएको र सो अवधिमा औसत वर्षा गत आवको तुलनामा उच्च हुँदा वर्षे धान उत्पादनलाई सहयोग पुगेको मन्त्रालयले जनाएको छ ।
रासायनिक मल र उन्नत जातको धानको बीउ आयात गत वर्षको सोही अवधिको तुलनामा वृद्वि हुँदा पनि धान उत्पादन वृिद्ध भएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: