पाेखरा । पोखरा महानगरपालिका–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको बयान सकिएपछि बुधबारबाट बहस सुरु भएको हो ।
शुक्रबार प्रतिवादीहरुको बहस सुरु भएकोमा सूर्यदर्शन सहकारी ठगी अभियोगमा हिरासतमा रहेका पूर्व प्रहरी नायब महानिरीक्षक एवम् गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी बन्जाडेका कानुन व्यवसायीले बहस गरे । न्यायाधीश नीतिज राईको इजालसमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व खतिवडाले बहस गरे ।
बन्जाडेकै तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा र रमण श्रेष्ठले समेत बहस गर्दै छन् । अदालतका स्रेस्तेदार राजन खनालले शुक्रबार प्रतिवादीको बयान सुरु भएको जानकारी दिँदै सोमबार, मङ्गलबारतिर मात्रै बहस सकिने अनुमान भएकाे बताए ।
“आज छविलाल जोशीको तर्फबाट दुई जना र लीला पछाईको तर्फबाट एक जनाले बहस गर्नुभएको छ,” स्रेस्तेदार खनालले भने, “उहाँहरुको बयान सकिएको छैन, जारी छ । आइतबारबाट फेरि निरन्तर हुन्छ । सोमबार, मङ्गलबारतिर मात्रै सकिएला ।”
प्रतिवादीको बहस सकिएपछि जवाफी बहस हुनेछ । जवाफ बहसपछि प्रतिवादीलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय हुनेछ । यो प्रकरणमा जाहेरवालाको तर्फबाट छ जना कानुन व्यवसायीले बहस गरेका थिए । जाहेरवालाका थप कानुन व्यवसायीलाई जवाफी बहसका बेला बोल्न भन्दै न्यायाधीश राईले प्रतिवादीतर्फका कानुन व्यवसायीलाई समय दिएका थिए । प्रतिवादी रवि लामिछानेको तर्फबाट बहस गर्न १५ जना कानुन व्यवसायीले वकालतमा भाग लिएका छन् ।
शुक्रबार जोशीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले जोशीले सूर्यदर्शन सहकारीबाट पैसा नलिएको दाबी गरेका थिए । रविसहित विपक्षी बनाइएका ४४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ । शुक्रबार प्रतिवादी जिबी एन्ड कम्पनीजकी कर्मचारी लिला पछाईंको तर्फबाट अधिवक्ता गणेशबहादुर भट्टराईले बहस गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी ठगी आरोपमा २०८० असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । पुस २ गते उनीहरूविरूद्ध पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको थप अभियोग लगाइएको छ ।
पुरक र थप गरी सूर्यदर्शन सहकारी अपचलनमा ६६ जना प्रतिवादी छन् । उनीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले पुस ७ गते पूरक अभियोग दर्ता गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: