Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सूर्यदर्शन ठगी प्रकरण: प्रतिवादीको बहस जारी

खबरडबली संवाददाता

पाेखरा । पोखरा महानगरपालिका–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको बयान सकिएपछि बुधबारबाट बहस सुरु भएको हो ।

शुक्रबार प्रतिवादीहरुको बहस सुरु भएकोमा सूर्यदर्शन सहकारी ठगी अभियोगमा हिरासतमा रहेका पूर्व प्रहरी नायब महानिरीक्षक एवम् गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी बन्जाडेका कानुन व्यवसायीले बहस गरे । न्यायाधीश नीतिज राईको इजालसमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व खतिवडाले बहस गरे । 

बन्जाडेकै तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा र रमण श्रेष्ठले समेत बहस गर्दै छन् । अदालतका स्रेस्तेदार राजन खनालले शुक्रबार प्रतिवादीको बयान सुरु भएको जानकारी दिँदै सोमबार, मङ्गलबारतिर मात्रै बहस सकिने अनुमान भएकाे बताए । 

“आज छविलाल जोशीको तर्फबाट दुई जना र लीला पछाईको तर्फबाट एक जनाले बहस गर्नुभएको छ,” स्रेस्तेदार खनालले भने, “उहाँहरुको बयान सकिएको छैन, जारी छ । आइतबारबाट फेरि निरन्तर हुन्छ । सोमबार, मङ्गलबारतिर मात्रै सकिएला ।”

प्रतिवादीको बहस सकिएपछि जवाफी बहस हुनेछ । जवाफ बहसपछि प्रतिवादीलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय हुनेछ । यो प्रकरणमा जाहेरवालाको तर्फबाट छ जना कानुन व्यवसायीले बहस गरेका थिए । जाहेरवालाका थप कानुन व्यवसायीलाई जवाफी बहसका बेला बोल्न भन्दै न्यायाधीश राईले प्रतिवादीतर्फका कानुन व्यवसायीलाई समय दिएका थिए । प्रतिवादी रवि लामिछानेको तर्फबाट बहस गर्न १५ जना कानुन व्यवसायीले वकालतमा भाग लिएका छन् । 

शुक्रबार जोशीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले जोशीले सूर्यदर्शन सहकारीबाट पैसा नलिएको दाबी गरेका थिए । रविसहित विपक्षी बनाइएका ४४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ । शुक्रबार प्रतिवादी जिबी एन्ड कम्पनीजकी कर्मचारी लिला पछाईंको तर्फबाट अधिवक्ता गणेशबहादुर भट्टराईले बहस गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी ठगी आरोपमा २०८० असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । पुस २ गते उनीहरूविरूद्ध पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको थप अभियोग लगाइएको छ । 

पुरक र थप गरी सूर्यदर्शन सहकारी अपचलनमा ६६ जना प्रतिवादी छन् । उनीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले पुस ७ गते पूरक अभियोग दर्ता गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending