रौतहट । अनुसन्धानमा सहयोग गर्ने अभियुक्त लाई सजायमा छुट हुने कानूनी सल्लाह अनुसार हत्या मुद्धाका फरार एकजना अभियुक्त जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका छन्।
प्रहरीको अनुसन्धानमा सहयोग गर्ने अभियुक्तलाई सजायँमा छुट हुने कानुनी ब्यबस्था रहेको प्रहरीले परिवारलाई सल्लाह दिएपछि आरोपी राजदेवी नगरपालिका १ का २० बर्षीय रामनरेश यादव जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका हुन्।
आरोपी यादव माथी दायर मुद्दाको आधारमा जिल्ला अदालत गौरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन्। २०७९ चैत २४ गते आरोपी यादव र राजदेवी १ का २५ बर्षीय गजेन्द्र दाश बीच भएको कुटपिटमा दाशको मृत्यु भएको थियो।
घटना लगतै आरोपी यादव फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटले उक्त घटनाको अनुसन्धान गरी रामनरेश यादवमाथी कर्तब्य ज्यान मुद्दा दायर गरेको थियो। झण्डै दुई बर्ष देखि फरार रहेका यादवको परिवारलाई भेटेर जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले सम्झाई बुझाई गर्दा उनी हाजिर भएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको रूपमा एसपी दिलीप घिमिरेले कमाण्ड सम्हाले देखिनै प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएका छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: