Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

अमेरिकामा यसरी सम्पन्न भयो फस्र्ट गोल्डेन नेपाली फिल्म अवार्ड

खबरडबली संवाददाता

काठमाडौं  । अमेरिकाको सनफ्रान्सिस्को,क्यालिफोर्नीयास्थित रिचमण्ड मेमोरियलमा २१ डिसेम्बरमा फस्र्ट गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ सम्पन्न भएको छ । अमेरिकामा ऐतिहासिक रुपमा आयोजना गरिएको अवार्डमा सहभागी हुन नेपालबाट बरिष्ट अभिनेता नीर शाह,शिब श्रेष्ठ,भुवन केसी,सुनील थापा,दीपाश्री निरौला,अनमोल केसी,केकी अधिकारी,आँचल शर्मा,नीति शाह,केदार घिमीरे, जितु नेपाल,विल्सन बिक्रम राई,अर्जुनजंग शाही,निर्माता,अभिनेता तथा बागमति प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ,संगीतकार चेतन सापकोटा,निर्माता÷वितरक उज्वल पौडेललगायत दुई दर्जन बढी सेलिब्रेटी अमेरिका पुगेका थिए ।

चर्चित सेलिब्रेटीहरुका साथमा अमेरिकामा पहिलोपटक आयोजना भएको अवार्डको प्रमुख अतिथिमा क्यालिफोर्नीयाकी स्टेट ट्रेजरर फिओना मा थिइन् भने अमेरिकी हाउस अफ रिप्रिजेन्टीभ्स,एटर्थंं कंग्रेशनल डिस्ट्रिक अफ क्यालिफोर्नीया जोन गारामेन्दी, क्यालिफोर्नीया सिटी रिचमन्ड मेयर एडुर्डाे मार्टिनेज र कोन्ट्रा कोस्टा कन्ट्री सुपरभाइजर जोन जोइआ बिशेष अथितिका रुपमा उपस्थिति थिए । नेपाली फिल्मको अवार्डमा उच्च पदस्थ अमेरिका पाहुना उपस्थिति भएको यो नै पहिलो अबसर भएको जानकारी आयोजक संस्था हिमालय फाउन्डेसन कर्प तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाका प्रमुख यज्ञलाल श्रेष्ठले दिएका छन् ।
रिमा बिश्वकर्माले होस्ट गरेको अवार्ड समारोहमा हाँस्य कलाकार केदार घिमीरे, जितु नेपाल तथा विल्सन बिक्रम राईले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए भने अभिनेत्री केकी अधिकारीले ‘बोक्सीको घर’ को बुझीनँ मैले गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । दीपाश्री निरौला र शिब श्रेष्ठले नृत्य प्रस्तुतिले पनि दर्शक मनोरञ्जीत भएका थिए । करिब पाँच घण्टा लामो चलेको अवार्ड समारोहमा बरिष्ट अभिनेता शिब श्रेष्ठलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मानीत गरियो । निरन्तर ४२ बर्ष फिल्म अभिनयमा बिताएका अभिनेता श्रेष्ठको योगदानको कदर स्वरुप सम्मान अर्पण गर्दा उपस्थिति सेलिब्रेटी, दर्शक मात्र नभइ अमेरिकी पाहुनाहरुले पनि श्रद्धाभाव प्रकट गरेका थिए । अवार्ड समारोहमा सम्बोधन गर्दै बरिष्ट अभिनेता नीर शाहले अमेरिकाजस्तो बिकसीत देश र क्यालिफोर्नीयाजस्तो महंगो शहरमा त्यतिका धेरै कलाकर्मीहरु लगेर नेपाली फिल्मको अवार्ड गर्नु चानचुने कुरो नभएको उल्लेख गर्दै आयोजकहरुको तारिफ गरेका थिए । उनले यसप्रकारका सहभागीतामुलक अवार्डहरुले नेपाली फिल्मको बजार,प्रभाव र आकर्षण बिस्तार गर्ने धारणा राखेका थिए । त्यस्तै,सम्मानीत अभिनेता शिब श्रेष्ठले प्रथम गोल्डेन नेपाल फिल्म अवार्ड आफूले सोचेको जस्तै भब्य,सभ्य,ब्यबस्थित अनि ऐतिहासिक रुपमा आयोजना गरेकोमा आयोजकलाई धन्यावाद थिए ।
अभिनेत्री,निर्देशक दीपाश्री निरौलाले नेपाली चलचित्र तथा कलाकारहरुको सम्मानमा आयोजीत अवार्ड समारोहले आफूहरुमा धेरै उर्जा थपेको बताउदै आयोजकहरुलाई शुभकामना अनि धन्यावाद ज्ञापन गरिन् भने अभिनेता,निर्माता तथा चलचित्र बिकास बोर्डका निर्वतमान अध्यक्ष भुवन केसीले अवार्ड समारोह गर्व गर्न लायकको भएको भन्दै तारिफ गरे । अभिनेता अनमोल केसीले अवार्डले आफू र समग्र नेपाली चलचित्रकर्मीमा उर्जा र आशाको किरण थप गरेको बताए । अभिनेत्री केकी अधिकारीले अमेरिकाजस्तो संभ्रान्त देशमा नेपाली फिल्मको अवार्ड यति भब्यताका साथ आयोजना गरिनु निकै साँच्चै तारिफ योग्य भएको बताउँदै अवार्ड समारोहमा नेपाली मात्र नभइ अमेरिकन पाहुनाहरु समेत उत्साहपूर्वक सहभागी भएकोमा खुशी ब्यक्त गरिन् । अर्की अभिनेत्री आँचल शर्माले पनि गोल्डेन नेपाली फिल्म अवार्ड साँच्चै नै गोल्डेन भएको बताइन् । संगीतकार तथा गायक चेतन सापकोटाले अवार्ड समारोहमाले चलचित्र तथा संगीतकर्ममा अझ बढी सक्रिय हुन प्रेरित गरेको धारणा राखे ।
स्थानीय समयअनुसार २१ डिसेम्बर अबेर रातिसम्म अवार्ड समारोह चलेको थियो । २२ डिसेम्बर बिहान वर्कलीमा आयोजीत नेपाल डे परेडमा नेपाली कलाकर्मीका साथ स्थानीयबासीहरुको बाक्लो उपस्थिति थियो । बाग्मति प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न परेडमा नेपालीहरु आफ्नो मौलिक भेषभुषा,पहिरन अनि नेपाली गीतसंगीतमा झुमेका थिए । नेपाल डे परेडमा मन्त्री श्रेष्ठले बिदेशमा नेपालीहरुबीचको एकता,देशप्रेम अनि भाषाभेष प्रेम देखेर आफू निकै खुशी भएको बताए । उनले नेपालीलाई एकताको शुत्रमा बाँध्नका लागि यसप्रकारका अवार्ड तथा परेड कार्यक्रमले पुलको काम गरेको बताए । साँझ आयोजीत क्रुज पार्टीमा सेलिब्रेटी,दर्शक तथा फिल्मप्रेमीहरु बीच गुणस्तरिय फिल्म निर्माण,अन्तराष्ट्रिय बजार बिस्तार तथा डायस्पोरामा नेपाली कलासंस्कृतिको प्रबद्र्धनबारे साक्षात्कार गरिएको थियो ।
०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा सार्वजनीक प्रदर्शनमा आएका फिल्महरु समाबेश गरिएको अवार्डको जुरीमा बरिष्ट अभिनेता शिब श्रेष्ठ,अभिनेत्री,निर्देशक दीपाश्री निरौला,बरिष्ट छायाँकार गौरीशंकर धुँजु,बरिष्ट पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी र अभिनेता सुनील कटुवाल थिए । हिमालय फाउन्डेसन कर्प,गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाका साथमा लाइटे ल अफिस,सोम्नामे ग्रुप एलएलसी (यति रेष्टुरेन्ट),राजपुत ग्रुप एलएलसी,पाण्डे रियाल्टीले आयोजना गरेको अवार्डको टाइटल स्पोन्सरमा हिमालयन हव थियो ।
‘फर्की फर्की’ फिल्मबाट अनमोल केसीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए भने ‘डिग्री माइला’ बाट आँचल शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी थिइन् । त्यसैगरी उत्कृष्ट फिल्मको अवार्ड ‘पुजार सार्की’ ले जित्यो भने निर्देशकको अवार्ड यही फिल्मबाट दिनेश राउतले पाएका थिए । त्यसैगरी,पपुलर अभिनेताको अवार्ड प्रदिप खड्काले पाएका थिए भने केकी अधिकारीले पपुलर अभिनेत्रीको अवार्ड पाएकी थिइन् ।
‘नाङ्गो गाउँ’ फिल्मबाट दीपेन्द्र लामाले उत्कृष्ट लेखक र आलोक शुक्लाले उत्कृष्ट छायाँकारको अवार्ड जितेका थिए भने यही फिल्मको सुनसुन सुन्दरी गीतका लागि एसडी योगीले उत्कृष्ट गायकको अवार्ड जिते । उत्कृष्ट गायिकाको अवार्ड भने समीक्षा अधिकारीले ‘बोक्सीको घर’ फिल्मको बुझीनँ मैलेबाट पाइन् । यही गीतबाट प्रकाश सपुतले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका थिए । समारोहमा प्रमोद अग्रहरि ‘अगस्त्य’ फिल्मबाट उत्कृष्ट सहअभिनेता र बर्षा शिवाकोटी ‘परदेशी २’ का लागि उत्कृष्ट सहअभिनेत्री घोषित भए । ‘उपहार’ फिल्मबाट मित्र गुरुङले उत्कृष्ट सम्पादकको अवार्ड जिते भने कृटिक्स च्वाइस अवार्ड ‘गाउँ आएको बाटो’ ले पायो । अनि,जुरी अवार्ड चाहिँ ‘बोक्सीको घर’ ले प्राप्त गरेको थियो ।
अवार्डमा सहभागी हुन क्यालिफोर्नीया पुगेका सबै सेलिब्रेटी स्वदेश फर्कीसकेका छन् । प्रमुख आयोजक यज्ञलाल श्रेष्ठले अवार्ड सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गर्दै आगामी अवार्ड अझै धेरै भब्यताका साथ आयोजना गर्ने बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आत्मदाहअघि के भयो ? नगरप्रहरीको दाबी– भिडिओ खिच्दा गणेशले मोबाइल खोसे, त्यसपछि बढ्यो विवाद

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश विक (नेपाली) प्रकरणमा काठमाडौं महानगरपालिकाले प्रारम्भिक रूपमा नगरप्रहरीबाट...

गणेश नेपाली प्रकरणमा सुहाङ नेम्वाङको आत्मालोचना : ‘सरकारलाई मात्र दोष दिएर हामी उम्किन सक्दैनौँ’

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनालाई लिएर गहिरो दुःख व्यक्त गर्दै राज्यका संयन्त्र नागरिक...

स्पेनमा भीषण डढेलो, कम्तीमा १२ जनाको मृत्यु

काठमाडाैं । दक्षिणी स्पेनको अल्मेरिया क्षेत्रमा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार प्रारम्भिक विवरणले मृतक...

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending