Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सक्रिय राजनीतिमा फर्कँदै पुन र भण्डारी, स–साना समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने रणनीति

खबरडबली संवाददाता

 काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किएका छन् । पुन सक्रिय राजनीतिमा फर्किएसँगै अब पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा भइरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले पार्टीको सदस्य नवीकरण गरिसकेकी छन् । भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर पार्टी अध्यक्ष बनाउने र विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने रणनीति शीर्ष नेताहरूका बीचमा बनेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा बसेको स्थायी कमिटी बैठकमा सहभागी भएका पुनलाई पार्टीले उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको छ । पछिल्लो समय उनी आमन्त्रित सदस्यको हैसियतमा बैठकमा सहभागी हुने गरेका छन् ।

पुनजस्तै भण्डारी कुनै बैठकमा सहभागी नभए पनि भातृसंगठनका कार्यक्रमहरूमा सहभागी हुँदैआएकी छन् । एमालेभित्रकै नेताहरूले भण्डारीलाई सक्रिय राजनीतिमा आउन दबाब दिएका छन् । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भण्डारी सक्रिय राजनीतिमा आएको राम्रो लागेको छैन । ‘पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा सक्रिय भइसक्नुभयो, अब छिट्टै नै पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सक्रिय राजनीतिमा आउनुहुन्छ, विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई पनि एकीकृत गर्नुछ, त्यसका लागि भण्डारी र पुन दुवैजना आवश्यक छ,’ एक नेताले भने ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’निकटका पुन पछिल्लो समय राजनीतिमा सक्रिय भएका छन् । माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष वा उपमहासचिवको जिम्मेवारी दिने बताइएको छ । आगामी २१ पुसमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै छ । सोही बैठकबाट पुनलाई जिम्मेवारी दिने बताइएको छ । पासाङ भण्डारी राष्ट्रपति रहेका बेला दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए । उपराष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएसँगै उनलाई पार्टीको जिम्मेवारीमा ल्याउन अध्यक्ष प्रचण्डले कसरत गरिरहेका थिए । यसअघिको पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाएको थियो । सो कार्यदलले पार्टी पदाधिकारीको संख्या बढाउनेगरी विधान संशोधनको मस्यौदा तयार पारेको थियो ।

त्यस्तै, सोही केन्द्रीय समिति बैठकले पूर्वउपराष्ट्रपति पासाङलाई माओवादी उपाध्यक्ष वा उपमहासचिवमा मनोनीत गर्ने प्रचण्डनिकटका एक नेताले जनाएका छन् । उपाध्यक्ष वा उपमहासचिव कुन जिम्मेवारी दिँदा राम्रो हुन्छ भन्नेबारेमा आन्तरिक छलफल जारी छ । पुनलाई उपाध्यक्षको जिम्मेवारी दिने सम्भावना बढी छ ।

माओवादी केन्द्रमा अहिले एक वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ६ उपमहाचिव, ९ सचिव र एक जना कोषाध्यक्ष छन् । माओवादी स्रोतका अनुसार लुम्बिनी प्रदेशका पूर्वप्रमुख रहेका अमिक शेरचनलाई पनि पार्टीको जिम्मेवारीमा फर्काउनेबारे कुराकानी चलेको छ । शेरचनलाई उपाध्यक्ष बनाउनेबारे कुराकानी भए पनि सहमति जुटिसकेको छैन । माओवादीका पूर्वकोषाध्यक्ष शेरचन वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै एकता प्रक्रियामा माओवादीमा आबद्ध भएका थिए । यसअघि माओवादीले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई पार्टीमा जिम्मेवारी दिइसकेको छ । सापकोटा उपाध्यक्ष र प्रवक्ताको जिम्मेवारीमा छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending