काठमाडाैं । विश्वलाई हरित ऊर्जातर्फ लैजान र स्मार्ट टेक्नोलोजीका लागि डाटा सेन्टरहरू निर्माण गर्न खनिजहरूको ठूलो मात्रा आवश्यक पर्ने गर्दछ।
तर, यो कुरा बुझेको उत्तरी छिमेकी चीनले यी खनिजहरूमा निरन्तर आफ्नो पकड बलियो बनाउँदै लगेको छ । चिनियाँ कम्पनीहरूले धेरै महत्त्वपूर्ण खनिजहरूमा आफ्नो प्रभुत्व बढाउँदै विश्वव्यापी रूपमा ठूला खानीहरूमा लगानी गरिरहेका छन्। यो अवस्था पश्चिमी देशहरूका लागि मात्र चिन्ताको विषय होइन, विश्वव्यापी आपूर्ति शृङ्खलामा यसको प्रभाव पर्ने सम्भावना पनि उत्तिकै बढेको छ।
आजको विश्व अर्थतन्त्रमा विशेष गरी हरित ऊर्जा र स्मार्ट प्रविधिमा खनिजहरूको भूमिका धेरै महत्त्वपूर्ण रहेको छ। यसलाई राम्ररी बुझेको चीनले खनिज सम्पदामा आफ्नो पकड बलियो बनाउन सुरू गरेको हो, जो रोकिने अझै देखिदैँन् ।
गत वर्ष चिनियाँ कम्पनीहरूले विश्वव्यापी खानीहरूमा करिब १६ अर्ब डलर लगानी गरेका थिए, जुन पछिल्लो दशकमा सबैभन्दा ठूलो लगानी मध्ये एक हो। यसमा अफगानिस्तान, घाना र जाम्बियाजस्ता देशहरूमा तामा, सुन र अन्य खनिजहरूको खानीहरू समावेश रहेका छन्।
चीनले तामा जस्ता खनिजहरूमा विशेष ध्यान दिएको छ, जुन विद्युतीय सवारी साधन र हरित ऊर्जासँग सम्बन्धित उपकरणहरूको लागि महत्त्वपूर्ण मानिन्छ छ। सन् २०२३ मा चिनियाँ कम्पनीहरूले आफ्नो कुल विदेशी लगानीको ६० प्रतिशत तामा उत्खननमा लगाएका छन् ।
यसबाहेक विद्युतीय सवारी साधनको ब्याट्रीका लागि आवश्यक लिथियम र कोबाल्टजस्ता खनिजमा चिनियाँ कम्पनीको लगानी पनि निरन्तर बढिरहेको छ । उदाहरणका लागि गेनफेन लिथियमले अर्जेन्टिनादेखि अस्ट्रेलियासम्म आफ्नो खनिज भण्डार विस्तार गरेको देखिएको छ ।
चिनियाँ खानी कम्पनीहरू अहिले विश्वको सबैभन्दा ठूलो खनिज उत्पादकहरूमा गनिन थालेका छन । सर्बियादेखि सुरिनामसम्म खनिज सम्पदाको स्वामित्वमा रहेको जिजिन माइनिङले अब बिएचपीजस्ता खनन दिग्गजहरूको बराबरीमा उत्पादन गरिरहेको छ।
सीएओसी अर्को चिनियाँ कम्पनी, जो अहिले विश्वको सबैभन्दा ठूलो कोबाल्ट उत्पादक कम्पनिको रूपमा दरिएको छ ।
चीनले यी खनिजको उत्पादन मात्रै बढाउँदैन, आफ्नो स्वदेशी उद्योगका लागि पनि प्रयोग गरिरहेको छ । गत वर्षको पहिलो ९ महिनामा चीनले १२ प्रतिशत बढी तामा, २१ प्रतिशत बढी कोबाल्ट र २० प्रतिशत बढी बक्साइट आयात गरेको थियो । यी खनिजहरू चीनमा ब्याट्री, सौर्य प्यानल र विद्युतीय सवारी साधनको उत्पादनमा प्रयोग भइरहेका छन्।
यी सबै खनिजहरूले चीनको ठूलो उद्योगको आवश्यकताको लागि धातु उत्पादनको आधारलाई बढवा दिने गर्दछ, जुन अन्य कुनै पनि देशको तुलनामा धेरै अगाडि छ। परिष्कृत खनिजहरूको कुरा गर्दा चीनले विश्वव्यापी आपूर्तिमा करिब ६० प्रतिशत ब्याट्री (ग्रेड लिथियम) ६५ प्रतिशत निकल, ७० प्रतिशत कोबाल्ट र ९० प्रतिशत दुर्लभ तत्वहरू नियोडियमियम आपूर्ति गरिरहेको छ ।
केही चिनियाँ उत्खनन कम्पनीहरू आपूर्ति श्रृंखलामा थपिदै गएका छन्, जस्तै जिजिनले पनि तामाको पाता बनाउँछ। यी धातुहरू चीनका कारखानामा प्रयोग गरिन्छ, जसले विश्वका करिब आधा विद्युतीय सवारी साधनहरूमा ८० प्रतिशत लिथियम–आयन ब्याट्रीहरू र सौर्य प्यानलहरू बनाइरहेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: