Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

'सस्तै'मा नेपाल प्रहरीको एआइजी पद, आफ्नालाई कतै नछुटाउने कुँवरको नीति

खबरडबली संवाददाता

काठमाडौं  । नेपाल प्रहरीमा अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पद बढुवा तथा अवकाशको ‘सिजन’ चलेको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ नीतिअनुसार अब दुई एआइजी भागबण्डामा गर्ने अन्तिम तयारी भइरहेको छ।

एआइजी भरतबहादुर बोहराले आइतबार र किरण बज्राचार्यले मंगलबार अवकाश पाएसँगै दुई पद रिक्त भएका छन्। ती दुई पदमध्ये एउटामा डिआइजी कुबेर कडायतलाई बढुवा गर्ने निश्चित भइसकेको छ।

लुम्बिनी प्रदेशमा कार्यरत् रहेका कडायतलाई कुँवरले आफ्नो सचिवालयमा ल्याएर एआइजीको फुली दिन तयारी अवस्थामा राखेका छन्।

अर्को रिक्त पदमा जनक भट्टराई वा रविन्द्र केसीमध्ये कसलाई गर्नेबारे अन्योल छ। शक्तिकेन्द्रसँग 'तालमेल' नमिलेका कारण दुईमध्ये को एआइजी हुने भन्नेमा 'रस्साकस्सी' चलिरहेको छ। प्रधानमन्त्रीको जोडमा भट्टराईलाई छ भने  गृहमन्त्री केसीलाई एआइजी बनाउन लागिपरेका छन्।

कुँवरले आफ्ना ब्याचमेट कडायतलाई भागबन्डामा एआइजी बनाउने रणनीतिअनुसार तम्तयार राखेका थिए।

यसअघि त्यही रणनीतिअनुसार किरण राणा, केदार ढकाल, भरतबहादुर बोहरा र दुर्गा सिंहलाई एआइजी बनाइसकेका छन्। राणा, ढकाल र बोहरा अवकाशमा गइसकेका छन्।

ढकाललाई बढुवा गर्दा वरियतामा अगाडि रहे पनि कडायतले आपत्ति जनाएका थिएनन्। यदि, ढकाल बढुवा भएका थिएनन् भने डिआइजीमै अवकाशमा जान्थे। एआइजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाने तथा बढुवा हुने शृंखला अहिले चलिरहेको छ।

आफू अगाडि नै रहे पनि महानिरीक्षक कुँवरले सबैलाई एआइजी बनाइदिने बचन दिएका कारण कडायतले ढकाललाई बढुवाबाट रोकेका थिएनन्।

कुँवर चैतमा अवकाशमा जान्छन्। उनीसँगै अहिले बढुवा हुने एआइजीहरू पनि अवकाशमा जान्छन्। सुदीप गिरी, दीपक थापा र टेकप्रसाद तामाङबाहेक सबै एआइजी अवकाशमा जाने भएका कारण कुँवरले आफ्ना ब्याचमेट अधिकृतहरू ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ रणनीति अख्तियार गरेका छन्।

कुँवरमाथि शक्तिकेन्द्र रिझाएर आलोपालो एआइजी पदको गरिमा नै घटाइदिएको आरोप लाग्ने गरेको छ। उनले पाँच दिन, एक महिनाका लागि भए पनि आफ्ना ब्याचमेटलाई एआइजी बनाएरै छाडेका छन्।

अहिले अवकाशमा गएकी बज्राचार्य सिनामंगलबाट बरामद गरिएको ६० किलो सुन प्रकरणमा विवादमा आएकी थिइन्। सुनकान्डको अनुसन्धानमा ‘मोलाहिजा’ गरेको आरोपमा उनलाई कारबाही सिफारिस नै गरिएको थियो। तर, कुँवरले बज्राचार्यलाई जोगाएका थिए।

बज्राचार्य गत मंसिर १७ गते नै अवकाशमा जान लागेकी थिइन्। तर, उनको पद लम्बिनुमा कागजात मुख्य थियो। उनले कागजातमा उमेर देखाएर एक महिना बढी पद कायम गराएको आरोप छ।

स्मरण रहोस्, यिनै महानिरीक्षक कुँवर, यिनै गृहमन्त्री रमेश लेखकले पोषराज पोखरेल एआइजी बढुवा सिफारिस भए पनि उनलाई फुली लगाउन बञ्चित गराएका थिए।

बढुवा सिफारिस भएर पनि फुली नपाएपछि पोखरेल डिआइजीबाटै अवकाशमा गएका थिए। 

 पोखरेल २०८१ असार १० गते एआइजी सिफारिस भएका थिए। त्यतिबेला गृहमन्त्री रवि लामिछाने थिए। सत्ता गठबन्धन परिवर्तन भएर लामिछाने गृहमन्त्रीबाट हटेपछि  बनेको नयाँ सरकारले बढुवा सिफारिस भएका पोखरेललाई फुली लगाइदिएन।

गृहमन्त्री लेखक, महानिरीक्षक कुँवरले त्यो सिफारिसलाई बेवास्ता गरेपछि पोखरेल  अन्याय भएको दाबीसाथ सर्वोच्च अदालतमा निवेदन दिन गए। उनको मुद्दा सर्वोच्चमा विचारधीन छ।

२०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाएका थिए।

लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो।

त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए। लामालाई एक दिनको लागि मात्रै एआइजी बनाएको भन्दै थापाको आलोचना भएको थियो।

यी दुई वटा घटनापछि छोटो समयका लागि एआइजी बढुवाको 'सिजन' कुँवरको अवकाशउन्मुख समयमा क्रमिक रूपमा चलिरहेको छ।  

अहिले अवकाशमा गएका प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य, बोहरासहित भीम ढकाल, केदार ढकाल र भरत बहादुर बोहरालाई मंगलबार एकैपटक बिदाई गरिएको छ। केदार ढकाल मंसिर २२ र भीम ढकाल मंसिर २७ गते अवकाशमा गएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending