Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

'सस्तै'मा नेपाल प्रहरीको एआइजी पद, आफ्नालाई कतै नछुटाउने कुँवरको नीति

खबरडबली संवाददाता

काठमाडौं  । नेपाल प्रहरीमा अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पद बढुवा तथा अवकाशको ‘सिजन’ चलेको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ नीतिअनुसार अब दुई एआइजी भागबण्डामा गर्ने अन्तिम तयारी भइरहेको छ।

एआइजी भरतबहादुर बोहराले आइतबार र किरण बज्राचार्यले मंगलबार अवकाश पाएसँगै दुई पद रिक्त भएका छन्। ती दुई पदमध्ये एउटामा डिआइजी कुबेर कडायतलाई बढुवा गर्ने निश्चित भइसकेको छ।

लुम्बिनी प्रदेशमा कार्यरत् रहेका कडायतलाई कुँवरले आफ्नो सचिवालयमा ल्याएर एआइजीको फुली दिन तयारी अवस्थामा राखेका छन्।

अर्को रिक्त पदमा जनक भट्टराई वा रविन्द्र केसीमध्ये कसलाई गर्नेबारे अन्योल छ। शक्तिकेन्द्रसँग 'तालमेल' नमिलेका कारण दुईमध्ये को एआइजी हुने भन्नेमा 'रस्साकस्सी' चलिरहेको छ। प्रधानमन्त्रीको जोडमा भट्टराईलाई छ भने  गृहमन्त्री केसीलाई एआइजी बनाउन लागिपरेका छन्।

कुँवरले आफ्ना ब्याचमेट कडायतलाई भागबन्डामा एआइजी बनाउने रणनीतिअनुसार तम्तयार राखेका थिए।

यसअघि त्यही रणनीतिअनुसार किरण राणा, केदार ढकाल, भरतबहादुर बोहरा र दुर्गा सिंहलाई एआइजी बनाइसकेका छन्। राणा, ढकाल र बोहरा अवकाशमा गइसकेका छन्।

ढकाललाई बढुवा गर्दा वरियतामा अगाडि रहे पनि कडायतले आपत्ति जनाएका थिएनन्। यदि, ढकाल बढुवा भएका थिएनन् भने डिआइजीमै अवकाशमा जान्थे। एआइजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाने तथा बढुवा हुने शृंखला अहिले चलिरहेको छ।

आफू अगाडि नै रहे पनि महानिरीक्षक कुँवरले सबैलाई एआइजी बनाइदिने बचन दिएका कारण कडायतले ढकाललाई बढुवाबाट रोकेका थिएनन्।

कुँवर चैतमा अवकाशमा जान्छन्। उनीसँगै अहिले बढुवा हुने एआइजीहरू पनि अवकाशमा जान्छन्। सुदीप गिरी, दीपक थापा र टेकप्रसाद तामाङबाहेक सबै एआइजी अवकाशमा जाने भएका कारण कुँवरले आफ्ना ब्याचमेट अधिकृतहरू ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ रणनीति अख्तियार गरेका छन्।

कुँवरमाथि शक्तिकेन्द्र रिझाएर आलोपालो एआइजी पदको गरिमा नै घटाइदिएको आरोप लाग्ने गरेको छ। उनले पाँच दिन, एक महिनाका लागि भए पनि आफ्ना ब्याचमेटलाई एआइजी बनाएरै छाडेका छन्।

अहिले अवकाशमा गएकी बज्राचार्य सिनामंगलबाट बरामद गरिएको ६० किलो सुन प्रकरणमा विवादमा आएकी थिइन्। सुनकान्डको अनुसन्धानमा ‘मोलाहिजा’ गरेको आरोपमा उनलाई कारबाही सिफारिस नै गरिएको थियो। तर, कुँवरले बज्राचार्यलाई जोगाएका थिए।

बज्राचार्य गत मंसिर १७ गते नै अवकाशमा जान लागेकी थिइन्। तर, उनको पद लम्बिनुमा कागजात मुख्य थियो। उनले कागजातमा उमेर देखाएर एक महिना बढी पद कायम गराएको आरोप छ।

स्मरण रहोस्, यिनै महानिरीक्षक कुँवर, यिनै गृहमन्त्री रमेश लेखकले पोषराज पोखरेल एआइजी बढुवा सिफारिस भए पनि उनलाई फुली लगाउन बञ्चित गराएका थिए।

बढुवा सिफारिस भएर पनि फुली नपाएपछि पोखरेल डिआइजीबाटै अवकाशमा गएका थिए। 

 पोखरेल २०८१ असार १० गते एआइजी सिफारिस भएका थिए। त्यतिबेला गृहमन्त्री रवि लामिछाने थिए। सत्ता गठबन्धन परिवर्तन भएर लामिछाने गृहमन्त्रीबाट हटेपछि  बनेको नयाँ सरकारले बढुवा सिफारिस भएका पोखरेललाई फुली लगाइदिएन।

गृहमन्त्री लेखक, महानिरीक्षक कुँवरले त्यो सिफारिसलाई बेवास्ता गरेपछि पोखरेल  अन्याय भएको दाबीसाथ सर्वोच्च अदालतमा निवेदन दिन गए। उनको मुद्दा सर्वोच्चमा विचारधीन छ।

२०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाएका थिए।

लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो।

त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए। लामालाई एक दिनको लागि मात्रै एआइजी बनाएको भन्दै थापाको आलोचना भएको थियो।

यी दुई वटा घटनापछि छोटो समयका लागि एआइजी बढुवाको 'सिजन' कुँवरको अवकाशउन्मुख समयमा क्रमिक रूपमा चलिरहेको छ।  

अहिले अवकाशमा गएका प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य, बोहरासहित भीम ढकाल, केदार ढकाल र भरत बहादुर बोहरालाई मंगलबार एकैपटक बिदाई गरिएको छ। केदार ढकाल मंसिर २२ र भीम ढकाल मंसिर २७ गते अवकाशमा गएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending