Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

बिपीको मेलमिलाप नीति र वर्तमान अवस्था बारे प्रवचन कार्यक्रम

खबरडबली संवाददाता

पोखरा । राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि जननायक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापनको नीति लिएको पोखरामा आयोजित प्रवचन कार्यक्रममा विभिन्न दलका नेताले बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित ४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस अवसरमा आयोजित प्रवचनका बोल्ने वक्ताले राष्ट्रिय आवश्यकता अनुरुप बिपीको मेलमिलापन नीति अहिले आएर पनि प्रभावकारी भएको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान सत्ता गठबन्धन बिपीको राष्ट्रिय एकता र मेलमिलापको आत्मसात गरी बनेको बताए । उनले तत्कालीन समयमा देशबाहिर रहेको अवस्थामा नेपालको सार्वभौमिकतामाथि खतरा देखेर बिपीले राजासँग मिलेर देशलाई बचाउनुपर्छ र राष्ट्रियता जोगाउनुपर्छ भन्ने नीतिले प्रवासबाट फर्किएर मेलमिलापको नीति अघि बढाउनुभएको स्मरणसमेत स्मरण गरे । उनले संविधानको र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै प्रजातान्त्रिक अभ्यासलाई अघि बढाउन बिपीको मेलमिलापको नीति आवश्यक रहने धारणा राखे । 

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले तत्कालीन समयमा भारतले सिक्किमलाई लिइसकेको अवस्थामा बिपी कोइरालाले पनि राष्ट्रिय र सार्वभौकिताको रक्षाका लागि सबै राष्ट्रिय शक्ति एक हुनुपर्छ भनी फर्किएको बताए । उनले मुलुकको राष्ट्रियता र सार्वभौमिकतामा कसैसँग पनि सम्झौता नगर्ने नेताको रुपमा स्मरण गरे । उनले राजनीति सेवा हो, पेसा होइन भन्दै मुलुक सुगाउँदो समाजवादको व्याख्या गर्ने नेताको रुपमा बिपीलाई चित्रण गरे । उनले बिपी कोइराला नेपाली कांग्रेसको मात्र नभई सबैका नेता भएको बताए । 

नेपाली कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माले सहमति, सहकार्य र मेलमिलाप नै बिपीको मेलमिलापको नीति भएको बताए । उनले राष्ट्रियता, प्रजातन्त्र समाजवादको परिकल्पनाले नै मुलुकलाई शासन गर्ने परिकल्पना गर्नुभएकाले वर्तमान अवस्थामा पनि प्रजातन्त्रको विकल्प प्रजातन्त्र भएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending