Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

नक्कली प्रहरी बनेर बालिकालाई बन्धक बनाएको आरोपमा दुई पक्राउ

खबरडबली संवाददाता

कञ्चनपुर । प्रहरी हौँ भन्दै बालिकालाई बन्धक बनाउने कञ्चनपुरका दुई युवक पक्राउ परेका छन् । गत शनिबार भीमदत्त नगरपालिका– ६, ऐँठपुर शिवमन्दिर क्षेत्रमा १६ वर्षीया बालिकालाई बन्धक बनाएको अभियोगमा कञ्चनपुर प्रहरीले दुई युवकलाई पक्राउ गरेको हो ।

बालिकालाई बन्धक बनाउने भीमदत्त नगरपालिका– १६ का ३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय ध्रुव जोशीलाई पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले जानकारी दिए । प्रवक्ता जोशीका अनुसार उनीहरूले गत शनिबार ऐँठपुर शिव मन्दिर क्षेत्रबाट बालिकालाई बन्धक बनाई भीमदत्त–१६ वसन्तपुर पुर्‍याएका थिए । 

मोटरसाइकलमा आएका खत्री र जोशीले बैतडी घर भई हाल भीमदत्त नगरपालिकामा डेरा गरेर बस्दै आएकी ती बालिकालाई वसन्तपुर लगेका थिए । उनीहरूले प्रयोग गरेको बा ५५ प ९६१३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको प्रवक्ता जोशीले जानकारी दिए ।

ती युवकहरू र बालिकाबिच कुनै चिनजान भएको नदेखिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध प्रहरीले अपहरण गरी शरीर बन्धक बनाएको मुद्दा चलाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा

पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...

रूसद्वारा ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ इन्जिन परीक्षण सफल

मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...

नाइजेरियामा अपहरण गरिएका १३० विद्यार्थी र कर्मचारी मुक्त

अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइ...

नजिब रजाकलाई नजरबन्द अस्वीकार, जेलमै बाँकी सजाय

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending