Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

देशभर रहेका ५५ वटा विमानस्थल मध्य २४ मात्रै पूर्ण सञ्चालनमा

खबरडबली संवाददाता

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार देशभर ५५ वटा विमानस्थल छन् । तीमध्ये २४ वटा मात्रै पूर्णरुपमा सञ्चालनमा छन् । 

१५ वटा विमानस्थल पूर्णरुपमा बन्द छन् । १६ वटा आंशिक सञ्चालनमा भने एउटा आन्तरिक विमानस्थल लामो समयदेखि निर्माणाधीन छ । केही विमानस्थल अझै अध्ययनको क्रममा छन् । 

सडक यातायातको पहुँच विस्तार तथा व्यावसायिक सम्भाव्यता अध्ययनविना हचुवाको भरमा गरिएको लगानीले राज्यको अर्बौँ रुपैयाँ खेर गइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुन् । यसका साथै नेपालगञ्ज, धनगढी, सुर्खेत, भरतपुर, जनकपुर, सिमरा, राजविराज, विराटनगर, चन्द्रगढी, भद्रपुर विमानस्थलमा नियमित उडान भइरहेको छ । यस्तै लुक्ला, जोमसोम, सिमिकोट, तुम्लिङटार, जुम्ला, डोल्पा, रामेछाप, फाप्लु, रारा, रुकुम सल्ले विमानस्थलमा पनि नियमित उडान छ । Capture1

बाजुरा विमानस्थल, भोजपुर, रुम्झाटार, ताप्लेजुङ, खानीडाँडा, साँफेबगर, दाङ, थामखर्क, बझाङ, डोटी, इलाम, बैतडी, टिकापुर र गुल्मी विमानस्थल भने आंशिक सञ्चालनमा छन् । साना विमान सञ्चालनका लागि पर्याप्त पूर्वाधार भए पनि यात्रु अभावले यी विमानस्थलमा नियमित उडान भइरहेको छैन । टिकापुर र कमलबजारमा भर्खरै मात्रै परीक्षण उडान सम्पन्न भए पनि नियमित उडान छैन । 

१५ वटा विमानस्थल भने पूर्ण रूपमा बन्द छन् । दार्चुला, मेहन्द्रनगर, कालिकोट, मसिनेचौर, चौरजहारी, रोल्पा, ढोरपाटन, मनाङ, पालुङटार, मेघौली, जिरी, खिजी चिण्डेश्वरी, स्याङबोचे र खानीडाँडा विमानस्थल भने पूर्ण रूपमा बन्द छन् । यीमध्ये कतिपय विमानस्थलमा आधारभूत संरचना समेत छैन भने केहीमा टावर भवन र रेखदेखका लागि केही कर्मचारी छन् ।  

अर्घाखाँची विमानस्थल भने लामो समयदेखि निर्माणाधीन छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर पटक-पटक निर्णय र अध्ययन भए पनि निजगढ निर्माणको चरण पुग्न सकेको छैन । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आत्मदाहअघि के भयो ? नगरप्रहरीको दाबी– भिडिओ खिच्दा गणेशले मोबाइल खोसे, त्यसपछि बढ्यो विवाद

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश विक (नेपाली) प्रकरणमा काठमाडौं महानगरपालिकाले प्रारम्भिक रूपमा नगरप्रहरीबाट...

गणेश नेपाली प्रकरणमा सुहाङ नेम्वाङको आत्मालोचना : ‘सरकारलाई मात्र दोष दिएर हामी उम्किन सक्दैनौँ’

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनालाई लिएर गहिरो दुःख व्यक्त गर्दै राज्यका संयन्त्र नागरिक...

स्पेनमा भीषण डढेलो, कम्तीमा १२ जनाको मृत्यु

काठमाडाैं । दक्षिणी स्पेनको अल्मेरिया क्षेत्रमा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार प्रारम्भिक विवरणले मृतक...

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending